२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ बनाउन संविधान संशोधन हुन्छ- गृहमन्त्री लेखक

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ बनाउन संविधान संशोधन गर्न लागिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनमार्फत वर्तमान व्यवस्थालाई थप सुदृढ बनाइने बताएका हुन् ।

    ‘संविधान संशोधन गर्ने विषयलाई पनि हामीले एजेण्डा बनाएका छौं । तर, संविधानको संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नका लागि, थप राम्रो बनाउनका लागि हो, पछाडि फर्किनका लागि होईन,’– उनले भने ।

    गृहमन्त्री लेखकले कांग्रेस–एमालेको सरकार बनेको एक महिनामा केही महत्वपूर्ण काम भइसकेको बताए । उनले विगत १८ वर्षदेखि निश्कर्षमा पुग्न नसकेको शान्ति प्रक्रियाको बाँकी काम निश्कर्षमा पुर्याउन प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित गरिएको बताए । सो विधेयक राष्ट्रिय सभाबाट आगामी भदौ ६ गते पारित गरिने पनि उनले खुलासा गरे ।

    ‘१८ वर्षसम्म अलमलमा परेको, रुमलिएको र निश्कर्षमा पुग्न नसकेको शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकाल सम्बन्धित कानुनलाई अहिले प्रतिनिधि सभाले पारित गरिसकेको छ । ६ गते हामी राष्ट्रिय सभाबाट त्यो पारित गरेर चाँडै हामी संक्रमणकालीन न्यायका विषयहरुलाई सम्बोधन गर्छौं,’– नेता लेखकले भने ।

    बम

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij