२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

गण्डकीमा नयाँ मुख्यमन्त्री, विश्वासकाे मत पाउन कठिन

गण्डकीमा नयाँ मुख्यमन्त्री, विश्वासकाे मत पाउन कठिन

गण्डकीमा नयाँ मुख्यमन्त्री, विश्वासकाे मत पाउन कठिन

गण्डकीमा नयाँ मुख्यमन्त्री, विश्वासकाे मत पाउन कठिन

गण्डकीमा नयाँ मुख्यमन्त्री, विश्वासकाे मत पाउन कठिन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • बुटवल । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूले विश्वासको मत पाउन कठिन रहेको स्वीकार गरेका छन् ।
    ६० सदस्यीय प्रदेशसभामा आफ्नो दलका २७ सांसद मात्र रहेकाले थप ४ सांसदको समर्थन जुटाउनुपर्ने देखिएको उनले बताए । त्यसका लागि प्रदेशसभामा भएका अन्य दलसँग संवाद गर्ने उनले बताएका छन्

    गण्डकी प्रदेशभामा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे छन् ।

    ‘प्रदेशसभामा रहेका पार्टीका साथीहरुसँग हाम्रो विशेष अनुरोध छ । संविधानको धारा १६८ (२) बमोजिम सरकार बन्न सक्ने अवस्था रहेन । जसको कारणले ३ अनुसार बनेको छ । यसमा विश्वासको मत प्राप्त गर्न सकेन भने ५ मा जान्छ, त्यसमा पनि विश्वासको मत प्राप्त गर्न नसके विघटनमा जान्छ’, उनले भने, ‘सबै राजनीतिक दल यो अवस्थाका बारेमा सचेत हुनुहुन्छ । नेपाली कांग्रेससहित कुनै पनि पार्टी पुन चुनावमा जाओस् भन्नेमा छैनन् ।’

    उनले प्रदेशको विकासमा मिलेर काम गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

    संविधानको धारा १६८ (२) मा दुई वा दुई भन्दा बढी राजनीतिक दलको सहमतिमा मुख्यमन्त्री बन्ने व्यवस्था छ । गण्डकीमा एमाले नेता खगराज अधिकारी १६८ (२) अनुसार मुख्यमन्त्री बनेका थिए । तर उनले विश्वासको मत लिँदा प्रदेशसभाको बहुमत सदस्य अर्थात ३१ जनाको समर्थन जुटाउन सकेनन् ।

    ३० जनाले समर्थन गर्दैनमा सभामुख कृष्ण धितालले विश्वासको मत पाएको घोषणा गरिदिएका थिए, जसलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि उनी मुख्यमन्त्री अधिकारी पदमुक्त भएका थिए ।

    बुधबार नै मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपलिएपछि पत्रकारहरुले अहिले नै विश्वासको मत पाउनुहुन्छ कि संविधानको धारा १६८ (५) अनुसार अर्को  सरकार बन्छ भनेर सोधेका थिए । जवाफमा पाण्डेले भने ‘५ मा जाँदैन, ३ मा नै टुंग्याउनुपर्छ ।’

    संविधानको धारा १६८ (३) मा प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । यदि उसले विश्वासको मत पाउन नसकेमा १६८ (५) अनुसार प्रदेशसभामा विश्वासको मत पाउन सक्ने आधार प्रस्तुत गर्ने प्रदेशसभा सदस्य मुख्यमन्त्री बन्नेछन् ।

    मुख्यमन्त्री पाण्डेले उपधारा ५ अनुसारको सरकार बनेमा प्रदेशसभा विघटन हुने जोखिम हुने बताए । ‘५ मा गयो भने बहुत रिस्की हुन्छ, चुनावमा जान सक्ने खतरा हुन्छ’, उनले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij