२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

साढे ३ वर्ष कुनै उलथपुथल नहुने गगन थापाको दाबी

साढे ३ वर्ष कुनै उलथपुथल नहुने गगन थापाको दाबी

साढे ३ वर्ष कुनै उलथपुथल नहुने गगन थापाको दाबी

साढे ३ वर्ष कुनै उलथपुथल नहुने गगन थापाको दाबी

साढे ३ वर्ष कुनै उलथपुथल नहुने गगन थापाको दाबी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले बनेको गठबन्धन साढे ३ वर्ष नै चल्ने र कुनै पनि उलथपुथल नहुने दाबी गरेका छन् । नेकपा एमालेको उपद्रोलाई आफूहरूले रोक्ने र कांग्रेसले चकचक नगर्ने बताउँदै अहिले बनेको सत्ता गठबन्धन पूरा अविधसम्म नै चल्ने दाबी गरे ।

    ‘नेकपा एमालेको उपद्रो रोक्छौँ, कांग्रेसको चकचक गर्ने बानी पनि छैन । चकचक पनि गर्दैन । यो गठबन्धन साढे ३ वर्षसम्म नै चल्छ,’ महामन्त्री थापाले भने । 

    सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देही प्रशिक्षण शाखाद्वारा आयोजित ३ दिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस र एमाले निश्चित उद्देश्य पूरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पूरा गर्ने बताए । साथै उनले विगतमा पनि नेपाली कांग्रेस र एमाले मिलेर बनाएका सरकारले जे उद्देश्य लिएर सरकार बनाएको हो त्यसलाई पूरा गरेको दाबी गरे । 

    ‘कांग्रेस र एमालेको सरकार पहिलोपटक अहिले बनेको त होइन् । यस भन्दा अघि २०४७ सालमा, २०५६ मा, २०६२/६३ मा २०७० सालमा दुई दल मिलेर बनेका थिए । त्यो बेला जे गर्दौ भनेका थिए । त्यो पूरा भएका छन् । अहिले पनि भनेको कुरा पूरा हुन्छ,’ उनले भने । 

    महामन्त्री थापाले संविधान गतिशिल दस्तावेज भएकाले समयको आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताए । 
    यस्तै महामन्त्री थापाले कांग्रेस रुपन्देहीले सुरु गरेको प्रशिक्षणको कार्यक्रम अब देशभर नै सुरु हु्ने बताए ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले पार्टीलाई एकताबद्ध बनाएर अब अघि बढाउनुको विकल्प नभएको बताए । 

    नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जनप्रतिनिधिहरू जनताभन्दा ठूलो हुँ भन्ने भावना राख्न नहुने बताए । नेपाली कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाँणले प्रशिक्षण कार्यक्रमले पार्टीलाई अझै बलियो र गतिशील बनाउने बताए । ३ दिनसम्म चल्ने कार्यक्रममा गोविन्द्र पोखरेल, सुरेश आचार्य, छन्द्रकुमार पहराई र उमेश श्रेष्ठले परीक्षण दिने छन् भने कार्यक्रमको समापनका लागि पार्टी उपसभापति पूर्णबहादुर खड्का आउने कार्यक्रम रहेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij