बुटवल । मणिमुकुन्द कलेजमा गठित राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर ग्रुपको तालिमको अनुगमन तथा निरिक्षण भएको छ ।
राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय अन्तर्गत तारादल गणको जिम्मेवारी क्षेत्रमा संचालित भएको सि.सं. १९ सिनियर डिभिजन तालिमको अनुगमन तथा निरिक्षण प्रमुख अतिथि शिक्षाधिकृत प्रमुख सेनानी बासुशरण खड्का, समन्वय अधिकृत सेनानी कान्छा शाही, सहायक निरीक्षक शंकर खड्का, राजु तामाङ्, माधव अर्याल, मेघराज पौडेल लगायतले अनुगमन गरेका हुन् ।
१८ जना छात्र र १८ जना छात्राहरु तालिमरत रहेको उक्त तालिमको अनुगमन तथा निरिक्षण कार्यक्रममा तारादल गणका सेनानी कान्छा शाहीले सहजीकरण गरेका थिए । एक सय दिन सम्म चल्ने उक्त तालिमको महत्वको बारेमा नेपाली सेना राष्ट्रिय सेवादल मध्य तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी बासुशरण खड्काले जानकारी गराए ।
कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले कलेजमा राष्ट्रिय सेवा दल गठनले विद्यार्थीहरुमा राष्ट्रियता, देशभक्ति, अनुशासन र सामाजिक भावनाको विकास गराई सुयोग्य नागरिक बन्न उत्प्रेरित गर्ने बताए ।
कलेज व्वस्थापन समितिका अध्यक्ष गमप्रशाद रेश्मी,सह प्राचार्य दिवाकर खनाल, विज्ञान संयोजक लक्षमण गैरे,व्यस्थापन संयोजक पशुपति चौधरीले मणिमुकुन्दले विद्यार्थीको शैक्षिक गुणस्तरसंगै अतिरिक्त क्रियाकलाप र खेलकुदलाई पनि उत्तिकै महत्व दिएर विद्यार्थीको सर्वाङगीण विकासमा जोड दिएको बताए ।




