२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

संसदीय समितिमा रवि लामिछानेको इन्कारी बयान

संसदीय समितिमा रवि लामिछानेको इन्कारी बयान

संसदीय समितिमा रवि लामिछानेको इन्कारी बयान

संसदीय समितिमा रवि लामिछानेको इन्कारी बयान

संसदीय समितिमा रवि लामिछानेको इन्कारी बयान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र ८ २०८१
शनिवार, भाद्र ८ २०८१
  • काठमाण्डौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ ।

    समितिले हिजो ५० भन्दा बढी प्रश्न गरेकोमा लामिछानेले सबैमा इन्कारी बयान दिएका छन। पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा, काठमाण्डौको वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा गएको रकम, आफ्नो नाममा खडा गरिएको ऋण र प्रवाह भएको भनिएका रकमको सम्बन्धमा समेत आफ्नो हस्ताक्षर, आफ्नो कागजात, नागरिकतासहितका विवरण समावेश नरहेको उनको दाबी छ।

    विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालिको नाममा गएको रकमबारे सोधिएको प्रश्नमा पनि लामिछानेले आफूले त्यसको जिम्मेवारी नलिने बयान दिए।

    सहकारी ठगीबारे लामिछानेमाथि संसद्, सार्वजनिक सञ्चारमाध्यम र जनसाधारणबाट आएका प्रश्नका बारेमा सोधपुछ भएको समितिले जनाएको छ ।

    समितिले हिजै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरेको छ । अहिलेसम्म सहकारी ठगी प्रकरणसँग जोडिएका ५० जनासँग सोधपुछ भएको समितिले जनाएको छ ।

    समितिका सभापति सूर्य थापाका अनुसार सहकारी ठगेको आरोपमा जेल सजाय भोगिरहेका २० जनासहित हिजोसम्म ५० जनासँग बयान लिइएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij