२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

२० वर्ष मुनीको साफ च्याम्पियनशिपको सेमिफाइनलमा भाेलि नेपाल र भुटान खेल्दै

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र ८ २०८१
शनिवार, भाद्र ८ २०८१
  • काठमाण्डौ । २० वर्ष मुनीको साफ च्याम्पियनशिप अन्तर्गत पहिलो सेमिफाइनलमा भाेलि नेपाल र भुटान खेल्दैछन् । खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा शुरु हुने छ ।

    नेपाल समूह ‘ए’ विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यस्तै, दोस्रो सेमिफाइनलमा साेमवार  भारत र बङ्गलादेश खेल्नेछन् । लगातार वर्षाको कारण दशरथ रङ्गशालाको मैदान हिलो हुँदा सेमिफाइनल खेल पनि सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समै हुने भएको हो ।

    यसअघि अखिल नेपाल फुटवल सङ्घ (एन्फा) ले सेमिफाइनलका खेलहरु दशरथ रङ्गशालामा हुने बताएको थियो । तर साफले पठाएको म्याच कमिस्नरले त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालाको मैदान अझै खेलाउन योग्य नदेखिएको रिपोर्ट दिएपछि खेल स्थान सारिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । फाइनल खेल बुधवार दशरथ रङ्गशालामा हुनेछ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij