२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

मधेशका मुख्यमन्त्री सिँहले गरे प्रादेशिक अस्पतालको निरीक्षण

मधेशका मुख्यमन्त्री सिँहले गरे प्रादेशिक अस्पतालको निरीक्षण

मधेशका मुख्यमन्त्री सिँहले गरे प्रादेशिक अस्पतालको निरीक्षण

मधेशका मुख्यमन्त्री सिँहले गरे प्रादेशिक अस्पतालको निरीक्षण

मधेशका मुख्यमन्त्री सिँहले गरे प्रादेशिक अस्पतालको निरीक्षण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शनिबार राति मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको अचानक निरीक्षण गरेका छन । 

    अस्पतालको सेवासुविधामा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासो आउन थालेपछि मुख्यमन्त्री सिँहले राति अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, अतिसघन कक्ष लगायत निरीक्षण गरेका हुन् । 

    त्यसक्रममा उनले ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सँख्या र कार्यविभाजन, काम गर्ने अवधि, ड्युटीमा नियमितता आदिका बारेमा जानकारी लिए । 

    साथै अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक औषधि राख्न सम्बन्धित कर्मचारीलाई निर्देशनसमेत दिए । उनले निरीक्षण अवधिमा केही बिरामी र तिनका कुरुवासँग पनि अस्पतालका सेवासुविधाका बारेमा जानकारी लिएका छन् । बिरामी र कुरुवाका गुनासा सुनेपछि मुख्यमन्त्री सिँहले ती समस्यालाई तत्काल सम्बोधन गर्न प्रतिष्ठानका रजिस्ट्रार डा।विनोदकुमार यादवलाई त्यहीँ निर्देशन दिएका छन् । अस्पतालमा बिरामीको चाप छ । 

    अस्पतालमा भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थपिँदै गएका छन् । अस्पतालमा विद्यमान समस्या समाधान गर्दै त्यहाँ उपलब्ध सेवासुविधा उन्नत बनाउन र विविद्यीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री सिँहले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij