२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

टेस्ट खेलमा पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित

टेस्ट खेलमा पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित

टेस्ट खेलमा पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित

टेस्ट खेलमा पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित

टेस्ट खेलमा पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • काठमाडौँ । बंगलादेशले टेस्ट क्रिकेटमा नयाँ इतिहास बनाएको छ । बंगलादेशले पाकिस्तानविरुद्ध टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको हो ।

    जारी टेस्ट सिरिजको पहिलो टेस्टको पाँचौं दिन पाकिस्तानले दिएको ३० रनको लक्ष्य बंगलादेशले कुनै विकेट नगुमाएर पुरा गर्दै १० विकेटको ऐतिहासिक जित हासिल गरेको हो ।

    यसअघि पहिला ब्याटिंग गर्दै पाकिस्तानले ६ विकेट गुमाएर ४४८ रन बनाएर इनिंग घोषणा गर्दै बंगलादेशलाई ब्याटिंगका लागि बोलाएको थियो । बंगलादेशले आफ्नो पहिलो इनिंगमा ५६५ रन बनाएको थियो । त्यसपछि पाकिस्तानले दोस्रो इनिंगमा १४६ रन बनाएर अल आउट भएपछि बंगलादेशले ३० रनको लक्ष्य पाएको थियो ।

    यो जितपछि बंगलादेशले २ खेलको टेस्ट सिरिजमा १(० को अग्रता हासिल गरेको छ ।

    साथै बंगलादेशले टेस्ट क्रिकेटमा आठ देशलाई पराजित गरेको छ । बंगलादेशले अहिलेसम्म अफगानिस्तान, श्रीलंका, अस्ट्रेलिया र आयरल्याण्डलाई एक्क एक खेलमा पराजित गरेको छ भने न्यूजील्याण्डलाई २, वेस्ट इण्डिजलाई ४ र जिम्बाबेलाई ८ टेस्टमा पराजित गरेको छ ।

    अब सिरिजको दोस्रो खेल अगस्त ३० गतेदेखि शुरु हुने छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij