कृष्ण पोखरेल/ पाल्पा । नेकपा एमाले पाल्पाकी निवर्तमान उप सचिव एव समाजसेवी महिला नेतृ सुनिता शर्माको निधन भएको छ । शर्माको स्वास्थ्य उपचारको क्रममा शनिवार राती ८ बजे भरतपुर चितवनमा मृत्यु भएको हो ।
शर्मा लाई स्वास्थ्यमा समस्या देखिएपछी मिशन अस्पताल तानसेनले भरतपुर क्यान्सर अस्पताल रिफर गरेको थियो । विभिन्न किसिमको टेष्ट गरेर बाहिर बसेको समयमा शर्मा लाई हृदयघात भई अस्पताल पुर्याउदै गर्दा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
शर्मा लामो समय देखी नेकपा एमालेमा कृयासिल रहदै विभिन्न भातृ संगठनको नेतृत्व गर्दै अखिल नेपाल महिला संघको जिल्ला सचिव, जिल्ला कमिटी सदस्य हुदै पाटीको जिल्ला उप सचिव सम्म नेतृत्व गरेकी थिईन ।
हाल शर्मा वन उपभोक्ता महासंघ तानसेन नगर कमिटीको सचिव र एकिकृत श्रीनगर पर्यापर्यटन सामुदायिक वनको अध्यक्ष, विभिन्न टोल विकास संस्था, विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रहेर काम गर्दै आएकी थिईन । मृतक शर्माकी एक श्रीमान, ४ छोरी १ छोरा रहेका छन । शर्मा लाई नेकपा एमाले पाल्पाले पाटी झण्डा ओढाएर अन्तिम विदाई गरेको छ ।
पाटीका पुर्व अध्यक्ष देवी प्रसाद बस्यालले श्रद्धाञ्जलीसभाको संयोजन गर्दै नेकपा एमालेका पोलिटिव्युरो सदस्य एवं प्रतिनिधीसभा सदस्य ठाकुर प्रसाद गैरे, नेकपा एमालेका निवर्तमान अध्यक्ष धनेन्द्रराज घिमिरे, पुर्व जिल्ला अध्यक्ष एवं प्रतिनिधीसभा सदस्य नारायण प्रसाद आचार्य, पाटी जिल्ला अध्यक्ष ओम बहादुर घर्तीमगर, उपाध्यक्ष विमल काफ्ले, सचिव रामजी पोखरेल, उप सचिव दिपक विश्वकर्मा लगायतले शर्माको निधले पाटीमा ठुलो क्षती पुगेको बताए ।
श्रद्धाञ्जली सभामा प्रदेश सभा सदस्य इन्द्रा गहतराज, अनेम संघ जिल्ला अध्यक्ष मिना जिसी, संविधानसभा सदस्य नारायणी शर्मा, एमाले नेतृ उर्मिला शर्माले अनेमसंघको झण्डा ओढाएर शर्मा लाई अन्तिम विदाई गरेका थिए । शर्माको आजै राम्दीमा भएको दाहसंस्कार लुम्विनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारु, जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनाल, लगायत सयौ एमाले नेता कार्यकर्ता, विभिन्न संघ संस्थाका पदाधिकारी शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।




