२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट पनि हटाउने रास्वपाको निर्णय

मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट पनि हटाउने रास्वपाको निर्णय

मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट पनि हटाउने रास्वपाको निर्णय

मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट पनि हटाउने रास्वपाको निर्णय

मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट पनि हटाउने रास्वपाको निर्णय
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • बुटवल ।राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । 

    मंगलबार बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य विनिता कडायतले जानकारी दिइन् ।

    अनुशासन आयोगको सिफारिसमा केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो । यसअघि ५ भदौमा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई तेस्रोपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीबाट निष्कासन गर्न सजिलो हुने गरी कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।

    ३० साउनमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट किन नहटाउने भनी दोस्रो स्पष्टीकरण सोधेको थियो, जसमा २४ घण्टाभित्र जवाफ बुझाउन भनिएको थियो । त्यसअघि २५ असारमा बसेको केन्द्रीय समितिको बैठकले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाएको थियो ।

    त्यसको भोलिपल्टै पत्रकार सम्मेलन गरेर ढकालले आफूलाई रवि लामिछानेको क्लबबाट निकालिएको प्रतिक्रिया दिएका थिए । समीक्षा प्रतिवेदन सार्वजनिक गर्नुअघि त्यसका अंश सार्वजनिक गर्नुका साथै पार्टी अनुशासन उल्लंघन गर्दै अभिव्यक्ति दिएकोमा भन्दै रास्वपाले ढकालमाथि कारबाहीको डण्डा चलाएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij