२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आईसीसीको अध्यक्षमा भारतका जय शाह निर्विरोध

आईसीसीको अध्यक्षमा भारतका जय शाह निर्विरोध

आईसीसीको अध्यक्षमा भारतका जय शाह निर्विरोध

आईसीसीको अध्यक्षमा भारतका जय शाह निर्विरोध

आईसीसीको अध्यक्षमा भारतका जय शाह निर्विरोध
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • बुटवल । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव रहेका जय शाह आईसीसीको अध्यक्षमा निर्विरोध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    अहिलेका अध्यक्ष ग्रेग बार्कलेको भूमिका अब आउँदो डिसेम्बर १ देखि जय शाहले लिनेछन् ।  सन् २०२० देखि दुई कार्यकालका लागि आईसीसीको अध्यक्ष रहेका बार्कलेले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिने पुष्टि गरेपछि बोर्ड अफ डाइरेक्टरले अगस्ट २७ अर्थात् हिजोसम्म उम्मेदवारी दर्ता गर्न आव्हन गरेको थियो । तर, जय शाहको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् ।

    शाहले क्रिकेटलाई पहिलेभन्दा धेरै समावेशी र लोकप्रिय बताउने जनाएका छन् । सन् २०२८ को ओलम्पिकमा क्रिकेट पनि समावेश हुने विषयलाई सफलतापूर्वक कार्यान्वयन गर्ने र आफ्नो कार्यकालमा आईसीसीले क्रिकेटलाई अभूतपूर्व तरिकाले अगाडि बढाउने शाहको प्रतिबद्धता छ ।

    शाह जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहरपछि आईसीसीको नेतृत्व गर्ने पाँचौँ भारतीय नागरिक हुन् । सन् २००९ मा गुजरात राज्यमा क्रिकेट प्रशासनको करियर शुरु गरेका शाह सन् २०१९ देखि बीसीसीआईका सचिव छन् । शाह सन् २०२१ देखि २०२४ सम्म एसियाली क्रिकेट परिषद् एसीसीको अध्यक्ष पनि थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij