२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

उच्च गर्मी तापक्रम र लुबाट जोगिने घरयासी उपाय

उच्च गर्मी तापक्रम र लुबाट जोगिने घरयासी उपाय

उच्च गर्मी तापक्रम र लुबाट जोगिने घरयासी उपाय

उच्च गर्मी तापक्रम र लुबाट जोगिने घरयासी उपाय

उच्च गर्मी तापक्रम र लुबाट जोगिने घरयासी उपाय
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • तराईका जिल्लाहरुमा तापक्रम बढरिहेको छ । यस्तो अवस्थामा दैनकि जिवनयापन निकै प्रभावित हुन जान्छ । यस्तो समयमा लु लाग्ने समस्याहरु देखिन सक्दछन् । आज हामीले लु का लक्ष्ण तथा बच्ने घरायसी उपायहरुको बारेमा जानकारी गराउँदै छौँ ।

     

    लक्षणहरु
    तातो हावा वा लुबाट हुने सम्भावित असरहरुमा थकाइ लाग्ने , कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरु दुख्ने, बान्ता हुने जस्ता लक्षणहरु देखिन सक्छन्।

    यस्तो समस्या देखिएमा नजिकको स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्कमा राख्नुपर्छ । आफ्नो समस्याको समाधानको लागि थप सल्लाह सुझाव लिनुपर्छ।


    जोगिने घरायसी उपाय

    • उच्च गर्मी तापक्रम र लुबाट बच्नको लागि अत्याधिक गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा बस्नु पर्दछ । 
    • नियमित रुपमा पानी तथा झोलिलो पदार्थ फलफूलको रस, जुस तथा सर्वत प्रशस्त मात्रामा पिउनु पर्दछ। 
    • खेतबारीमा तथा अन्य मेलापातका कामहरु सकभर बिहान वा बेलुका को समय मिलाएर गर्नु पर्दछ।
    • सम्भव भएसम्म रुखको छहारीमुनि, शितल ठाँउमा, चिसो ठाँउमा वा पंखा भएको ठाउँमा बस्नु पर्दछ।
    • उच्च गर्मी तापक्रम र लुबाट जोगीनका लागि चिसो पानीले नुहाउने, आवश्यकता अनुसार चिसो पानीपट्टीको प्रयोग गर्नुपर्दछ।
    • उच्च गर्मी तापक्रम र लुबाट बच्नको लागि सकभर दिउँसोको समयमा घर अफिसबाट बाहिर ननिस्कने, यदि बाहिर निस्कनै परेमा पातलो कपडाले टाउको छोप्ने, हल्का तथा सुतिका कपडा लगाउने, टोपी लगाउने वा छाताको प्रयोग गर्ने गर्नुपर्छ।
    • मदीरा सेवन, चिया, कफी, सोडा जस्ता पेय पदार्थ नपिउने र चिनीको मात्रा बढी भएका झोल पदार्थको सकभर प्रयोग नगर्नु राम्रो हुन्छ।
    • लामो समय सम्म फ्रिजमा राखिएका खाद्य पदार्थहरु, धेरै चिसो बनाएर राखेको पानी, कोकफन्टाहरुको प्रयोग पनि सकभर गर्नुहुँदैन।
    • गर्मीको समयमा बिहान वा बेलुका एकपटक पकाएर फ्रिजमा राखेको दाल, भात, रोटी र तरकारी जस्ता खाद्य पदार्थहरु साँझ बिहान प्रयोग नगर्ने। जस्ता साबधानी अपनायौं भने उच्च गर्मी तापक्रम वा लु लाग्ने सम्भावना कम रहन्छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij