२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने विधेयक फिर्ता लिन कांग्रेस सांसद केसीको आग्रह

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  •  काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद राख्ने गरी प्रस्तावित विधेयक फिर्ता लिन सरकारलाइ आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    नेपाली समाजमा निराशा बढेको र यसको कारण खोजी गर्दा भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद राख्ने प्रस्तावित विधेयक समेत रहेको सांसद केसीले बताए ।

    ‘सबैभन्दा पहिला भ्रष्टाचारको मुद्दामा पाँच वर्षको हदम्याद राख्ने जुन काम गरेको छ । यो अत्यन्त दुर्भाग्यपूर्ण छ । यो कसको निम्ति ल्याइएको हो ? लोकतन्त्रको निम्ति रु सुशासनको निम्ति रु सामाजिक न्यायको निम्ति वा विकासको निम्ति हो रु’ केसीले प्रश्न गरे ।

    उनले यो विधेयकलाई नै फिर्ता लिन सरकारलाई भनेका छन् । ‘‘ केवल भ्रष्टाचारबाट उन्मुक्ति दिने, त्यसलाई प्रोत्साहन गर्ने भएको हुनाले यो विधेयक तत्काल फिर्ता गरोस् यदि यो सरकार सुशासको पक्षमा छ भने, यो सरकार साच्चै दण्डहिनता र भ्रष्टाचार विरोधी छ भने’ उनले भने ।

    विधेयक अगाडि बढाउने नै हो भने सांसदहरुलाई ह्वीप लगाउन नहुने उनको राय छ । ‘होइन सक्दै सक्दैन्, त्यसलाई रक्षा गर्नुछ भने यो सदनलाई विवेकको मत दिन अधिकार प्रारम्भ गरियोस्’ सांसद केसीले भने ।

    अन्य देशमा समेत सांसदले विवेकको मत प्रयोग गर्ने अभ्यास रहेकाले भ्रष्टाचारमा अनुसन्धानमा पाँच वर्षको हदम्याद राख्ने विषयमा नेपालको सदनमा समेत विवेकको मत प्रयोग गर्न दिनुपर्ने उनको माग छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij