२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बूढानीलकण्ठ वार्तामा गगन-विश्वसँग मिलेन देउवाको कुरा

बूढानीलकण्ठ वार्तामा गगन-विश्वसँग मिलेन देउवाको कुरा

बूढानीलकण्ठ वार्तामा गगन-विश्वसँग मिलेन देउवाको कुरा

बूढानीलकण्ठ वार्तामा गगन-विश्वसँग मिलेन देउवाको कुरा

बूढानीलकण्ठ वार्तामा गगन-विश्वसँग मिलेन देउवाको कुरा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग गरेको छलफलमा सहमति नजुटेपछि फेरि बस्नेगरी उठेका छन् ।

    आज बूढानीलकण्ठ वार्ता सरकारात्मक भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। उनले भने, ‘छलफल सरकारात्मक भएको छ, सहमति उन्मुख भइरहेको छ। तोकिएको समयमा बैठक बस्छ।’

    उनले भोलि या पर्सि फेरि सभापतिले महामन्त्रीद्वयसहित उपसभापतिहरुसँग छलफल गर्ने बताए ।


    महामन्त्री थापाले चुनावी गठबन्धन नगर्ने, १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुने सुनिश्चित गर्नुपर्ने र अर्का महामन्त्री शर्माको ‘एक्जिट पोलिसी’को प्रस्तावले कांग्रेसमा विवाद चलिरहेको छ।

    संस्थापन पक्षले चुनावी गठबन्धन रणनीतिक हुने भएकाले अहिले घोषणा गर्नु नपर्ने र एक्जिट पोलिसीबारे अहिले छलफल आवश्यक नभएको तर्क गर्दै आइरहेको छ।

    बैठकमा संस्थापन पक्षका नेताहरुले विरोध जनाएपछि सभापति देउवाले महामन्त्रीद्वयको प्रतिवेदनमा मध्यमार्गी बाटो खोजिरहेका छन्। तर, दुवै पक्षले आआफ्नो अडान नछाड्दा सहमति जुट्न सकेको छैन।

    यसअघि पनि देउवाले यो बिषयमा महामन्त्रीद्वयसँगै उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि सहभागी थिए । प्रतिवेदनमा छलफल नजुटेपछि केन्द्रीय समितिको बैठक १६ गतेलाई राखिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij