२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

योगेश भट्टराईमाथि माओवादी आक्रामक, नम्बरी ठगको संज्ञा

योगेश भट्टराईमाथि माओवादी आक्रामक, नम्बरी ठगको संज्ञा

योगेश भट्टराईमाथि माओवादी आक्रामक, नम्बरी ठगको संज्ञा

योगेश भट्टराईमाथि माओवादी आक्रामक, नम्बरी ठगको संज्ञा

योगेश भट्टराईमाथि माओवादी आक्रामक, नम्बरी ठगको संज्ञा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा माओवादी जनयुद्धलाई १० वर्षे हिंसा भनेको विषयले माओवादी केन्द्र र एमाले आमने सामने भएका छन् ।

    बुधबार संसद मा दुवै दलका सांसदबीच घम्साघम्सी परेपछि अब यो विषय संसद बाहिर पनि चर्किने देखिएको छ । बुधबार योगेशको संसदमा माओवादीप्रति आक्रामक सम्बोधनपछि अहिले माओवादीका नेता तथा कार्यकर्ता उनीमाथि खनिन थालेका छन् । 

    यसैक्रममा माओवादी केन्द्रका सांसद राजन दाहालले योगेशलाई बैगुनी केटो भन्दै महान जनयुद्धको बलामा प्राप्त उपलब्धिहरु उपभोग गर्ने अनि महान जनयुद्धलाई हिंसा भन्ने रु भन्दै प्रश्न गरेका छन् ।

    सांसद दाहालले आफ्नो स्ट्याटसमा योगेशलाई नम्बरी ठग समेत भनेका छन् । दाहाललले लेखेको सो स्ट्याटस माओवादी केन्द्रका उपमहासचिव एवं पुर्व अर्थमन्त्री जनार्दन शर्माले समेत फेसबुक मा शेयर गरेका छन् ।

    त्यस्तै विहिबार संसद बैठकमा माओवादी केन्द्रका सांसद छिरिङ डुम्डुल लामाले योगेश भट्टराईले जनयुद्धको समयमा चन्दा असुली र हतियार तस्करी गरेको आरोप लगाएका छन् । उनले आफैं हिंसाको गतिविधिमा संलग्न रहेका योगेशले महान जनयुद्धलाई हिंसा भनेको भन्दै आपत्ति जनाएका थिए । उनले भने-‘जनयुद्धको नाममा चन्दा असुलेर, हतियार तस्कर गर्ने, आफैं हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij