२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक शुरु

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक शुरु

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक शुरु

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक शुरु

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक काठमाडौँमा शुरु भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बैठकको उद्घाटन गरेका हुन् ।

    बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले आफ्नो धारण दिनेछन । पार्टीलाई सफल, सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको हो । राप्रपाको चौतीस वर्षको इतिहासमा यो बैठक पहिलोपटक गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

    सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा रहेका छन् । उक्त बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरूको पनि सहभागिता रहने छ ।

    उद्घाटन सत्रपछि बैठकमा सल्लाहकार समितिका अध्यक्ष थापाले कार्यपत्र पेश गर्दै छन् । प्रस्तुत कार्यपत्रमाथि बैठकमा सहभागी सल्लाहकार समितिका सदस्यहरूले छलफलमा भाग लिनेछन् ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij