२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

१२ टिमको सहभागितामा २२ औँ लिस्नु कपहुदै

१२ टिमको सहभागितामा २२ औँ लिस्नु कपहुदै

१२ टिमको सहभागितामा २२ औँ लिस्नु कपहुदै

१२ टिमको सहभागितामा २२ औँ लिस्नु कपहुदै

१२ टिमको सहभागितामा २२ औँ लिस्नु कपहुदै
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • भैरहवा ।  रुपन्देहीको कोटीहवामा भएको २२औं लिस्नु कप फुटबल प्रतियोगिता आगामी शनिबारबाट हुदैछ । 

    लिस्नु युवा क्लब तिलोत्तमा–१५ कोटिहवाको आयोजनामा संगठित युवा सांगठनिक शक्ति भन्ने नाराका साथ कोटीहवा स्थित पशुपति माविको खेलमैदानमा रुपन्देहीका ८ सहित १२ टिमको सहभागितामा प्रतियोगिता हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन । 

    सामाजिक क्षेत्रमा क्रियाशिल रहेको क्लबले यस क्षेत्रकै ठूलो धनराशी सहितको पुरस्कार रहेको प्रतियोगिता विगत २१ वटा सफलता पूर्वक सम्पन्न गरी २३ लाख १५ हजारको लागत अनुमानमा यस वर्ष प्रतियोगिता आयोजना गराउदै छ । 

    ९ ए साइड चरणमा खेलाइने फुटवल प्रतियोगिता जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा खेलाइने छ भने खेल फिफाको नियमानुसार खेलाइने खेलका संयोजक कृष्ण गुरुङले बताए । उनले यस वर्ष खेललाई थप व्यवस्थित गर्दै प्यारफिटको संख्या बढाउने र दर्शकहरुलाई सहजता प्रदान हुने बताए । 

    खेलको सुभारम्भमा चेन व्यालुन उठाउदै प्रतियोगितामा प्रवेश शुल्कबाट बचेको रकम अविनाथ  अनाथ आश्रमलाई सहयोग गर्ने आयोजकले जानकारी गराएका छन ।

    प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, र स्याङ्गजाका १–१ वटा टीमको सहभागिता रहेको छ भने जितसँगै विजेताले ३ लाख २५ हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ६५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् ।

    त्यसै गरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ सहित मेडल ट्रफी र गिफ्ट ह्याम्पर , उत्कृष्ट गोलरक्षक, सार्वधिक गोलकर्ता, उदियमान खेलाडीले ११–११ हजार नगद सहित मेडल ट्रफी र प्रमाण पत्र, त्यस्तै खेलमा प्रत्येक दिनको म्यान अफ द म्याचले ४ हजार रुपैयाँ पुरस्कार रहेको क्लबका अध्यक्ष तीर्थ राज मल्लले बताए ।

    प्रतियोगिताको प्रायेजन सोही क्षेत्रका उद्यमी लक्ष्मी पाठक भण्डारी, छोरा अभिषेक भण्डारी, छोरीहरु दिपा,कृति र आकृति पाठकहरुले स्व. कमलराज पाठकको स्मृतिमा सिद्धार्थ इट्टा उद्योग मुख्य प्रायोजकको रुपमा रहेको छ । यस्तै क्लवको संरक्षक तिलोत्मा वडा नम्बर १५को कार्यालय सह प्रायोजकको रुपमा रहेको छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij