२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

जति धेरै मासु खायाे त्यतिधेरै चिनीराेगकाे संभावना !

जति धेरै मासु खायाे त्यतिधेरै चिनीराेगकाे संभावना !

जति धेरै मासु खायाे त्यतिधेरै चिनीराेगकाे संभावना !

जति धेरै मासु खायाे त्यतिधेरै चिनीराेगकाे संभावना !

जति धेरै मासु खायाे त्यतिधेरै चिनीराेगकाे संभावना !
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • मासुप्रति आशक्त व्यक्तिहरूमा चिनी रोग अर्थात् टाइप २ डायबिटिजको सम्भावना बढी हुने अध्ययनले देखाएको छ। तर अध्ययन पूर्ण रूपमा बहुआयामिक नभएका हुनाले यसमा शंका गर्ने ठाउँ रहेको केही वैज्ञानिकहरूले बताएका छन्।

    खासगरी रातो मासु (खसी तथा राँगाको मासु)लाई पोलेर खान रुचाउनेहरूमा यस्तो समस्या देखिएको एउटा अध्ययन प्रतिवेदनको दाबी छ। क्याम्ब्रिज विश्वविद्यालयकी प्राध्यापक नीता गान्धी फारोही र उनको टोलीले ५० देखि ६० वर्ष उमेर समूहका १९ लाख ७० हजार व्यक्तिहरूबीच गरेको अध्ययनले यस्तो समस्या हुने निष्कर्ष निकालेका हुन्।

    अत्यधिक रातो मासु खानेहरूमा वृद्धपन बढ्दै जाँदा चिनी रोगले गाँज्ने गरेको देखिएको हो। प्रत्येक दिन ५० ग्राम तारेको, पोलेको मासु खानेहरूमा चिनी रोगको सम्भावना १५ प्रतिशतले बढ्ने देखिएको हो।

    यस्तोमा थप एक सय ग्राम रातो मासु प्रत्येक दिन खानेहरूमा चिनीरोगको सम्भावना थप १० प्रतिशतले बढ्ने द लान्सेट डायबिटिज एन्ड इन्डोक्राइनोलोजी जर्नलले जनाएको छ। प्रायः तारेको, भुटेको मासुहरूमा नूनको प्रयोग अत्यधिक हुनाले पनि यसले प्याँक्रियाजमा बढी इन्सुलिन उत्पादन गर्ने गर्छ। प्याँक्रियाजले उत्पादन गर्ने कम वा बढी इन्सुलिनले चिनी रोगको समस्या ल्याउँछ।

    अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयका जोन इओनिडिस भन्छन्, ‘यो अध्ययनले कारण र प्रभावलाई प्रभावशाली तरिकाले अभिव्यक्त गरेको छैन। प्रायः मानिसहरूले दैनिक रूपमा म के खान्छु भनेकै आधारमा उनीहरूलाई यो रोग लागेको हो भन्ने ठोकुवा गर्नु उचित हुँदैन।’

    तर हार्वर्ड विश्वविद्यालयका सिआवो गु भने व्यापक स्तरमा गरिएको यस अध्ययनले प्रशस्त रूपमा प्रमाण पेश गरेको बताए। त्यसो त यस्तो ठोकुवाका लागि विभिन्न समूहको विश्लेषण पनि उत्तिकै आवश्यक पर्नेमा उनी सहमत देखिए। तर दैनिक रूपमा ७० ग्रामभन्दा बढी मासु खानु स्वास्थ्यका लागि उचित नहुनेमा आफू सहमत रहेको बताए।

    रातो मासु भिटामिन बि १२ र आइरनका लागि निकै उपयुक्त पोषक तत्व हो। हरेक दिन उचित तरिकाले पकाइएको मासु थोरैथोरै खाइरहँदा यसले स्वास्थ्यमा फाइदा नै पु¥याउने बेलायतको नेसनल हेल्थ सर्भिसले पोषणका सन्दर्भमा सुझाव दिने गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij