२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कांग्रेस केन्द्रीय समितिले पारित गर्‍यो एक्लै चुनाव लड्ने गगनको प्रस्ताव, शर्माको एक्जिट पोलिसी पारित भएन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • बुटवल । नेपाली कांग्रेसले महासमिति बैठकमा पेस भएका सबै प्रतिवेदनहरू संशोधनसहित पारित गरेको छ । आइतबार सम्पन्न केन्द्रीय कार्यसमितिले उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको प्रतिवेदन र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमा परिमार्जन गरी पारित गरेको हो । 

    महामन्त्री थापाले पेस गरेको प्रतिवेदनमा चुनावअघि गठबन्धन नगर्ने विषय उल्लेख छ । कांग्रेसले एक्लै चुनाव लड्ने र कांग्रेसले रुख चुनाव चिह्नमै मतदान गर्नपाउने भनी उनको प्रस्ताव पारित गरिएको छ । थापाको पारित प्रस्तावमा भनिएको छ, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेस एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्नेछौँ । हामी भविष्यमा हुने चुनावहरूमा आफ्नै ताकतमा एक्लै लड्नेछौँ र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ ।’

    महामन्त्री थापाको गठबन्धनबारे प्रस्ताव पारित भए पनि महाधिवेशनको कार्यतालिकाका विषयमा भने अमूर्त निर्णय भएको छ । विधानले निर्दिष्ट गरेअनुसार महाधिवेशन गर्ने प्रस्ताव पारित भएको छ । यो निर्णयले २०८२ मंसिरमा महाधिवेशन हुनेमा आशंका बढाएको छ । 

    तर महाधिवेशनका लागि आवश्यक अन्य कामहरू गर्ने भन्ने निर्णय भएको छ । क्रियाशील सदस्यता वितरण र नवीकरण अघि बढाउने निर्णय पनि भएको प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि जानकारी दिए ।  ‘पार्टी संगठनलाई बलियो बनाएर एक्लै जित्न सक्ने परिस्थिति बनाउने गरी निर्णय गरिएको छ ।विधानअनुसार १५ औं महाधिवेशन समयमै गर्ने गरी अघि बढ्ने भन्ने कुरा भएको छ’, उनले भने । 

    महतका अनुसार महामन्त्री शर्माले पेस गरेको प्रस्तावको व्यक्ति बहिर्गमन व्यवस्थाबारे छलफल गर्दै जाने कुरा भएको छ। ‘एक्जिट पोलिसीबारे अहिले नै निर्णय गरेर जानुपर्ने अवस्था केन्द्रीय समितिले देखेन । यसबारे विधान र संविधान संशोधनका बेला बहस हुनेछ', उनले भने । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij