बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको केन्द्रीय आयोजना अनुसार रुपन्देहीको बुटवलमा एमसिसीका विरुद्ध मसाल जुलुस निकालेको छ ।
मसाल जुलुस बसपार्क देखि तिनकुनेचोक पुगि कोणसभामा परिणत भएको हो । कोणसभालाई सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज विश्लेषण सी ले एमसीसी सम्झौतालाई नेपालको कानुनको अधिनमा नआउँदासम्म यसको विरुद्ध आन्दोलन जारी राख्ने र यदि यसलाई अटेर गरे एमसीसी परियोजना लागु हुन नदिने चेतावनी दिए ।
उनले ५२ अर्वको लोभमा नेपालको आन्तरिक करलाई नउठार्इ उल्टो मिनाहा गर्ने यो अहिलेको सरकारले कुचेष्टा गरिरहेको बताए । ५२ अर्व सरकारले उठाउन सकेन भने युवा संगठनले सडकमा उत्रेर उठाउने बताए । मसाल जुलुसमा नेकपाका केन्द्रीय सदस्य द्धय शरद सी ,विश्वास सी, नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा रूपन्देही जिल्ला सेक्रेटेरी बिरेन्द्र सी लगायत जिल्ला स्तरका नेता कार्यकर्ता युवा संगठनका जिल्ला स्तरका नेता कार्यकर्ता विधार्थी लगायत करिब दुईसय जनताको उपस्थितिमा एमसीसी विरुद्ध मसाल जुलुस सहित प्रदर्शन गरेको हो । प्रदर्शन नेकपाका जिल्ला सदस्य तथा युवा संगठन नेपाल रुपन्देही जिल्ला अध्यक्ष हरि सीको सञ्चालनमा सम्पन्न भएको हो । युवा संगठनले आज एमसीसी परियोजना लागू भएका जिल्लाहरुमा एकैसाथ मसाल जुलुससहित प्रदर्शन गरेको छ ।




