२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रक्रिया मार्फत आएका याेजनामा मात्रै बजेट आउँछ :मुख्यमन्त्री आचार्य

प्रक्रिया मार्फत आएका याेजनामा मात्रै बजेट आउँछ :मुख्यमन्त्री आचार्य

प्रक्रिया मार्फत आएका याेजनामा मात्रै बजेट आउँछ :मुख्यमन्त्री आचार्य

प्रक्रिया मार्फत आएका याेजनामा मात्रै बजेट आउँछ :मुख्यमन्त्री आचार्य

प्रक्रिया मार्फत आएका याेजनामा मात्रै बजेट आउँछ :मुख्यमन्त्री आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • बर्दिया  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले याेजना माग्नकै लागि मन्त्रालय धाउन नपर्ने बताएका छन् । 

     याेजना छनाेट प्रक्रिया मार्फत अघि बढेका याेजनालाइ सरकारले कार्यान्वयन गर्ने भएकाले  याेजनाहरुकाे प्राथमिकता निर्धारण गर्न र बिषयगत कार्यालय मार्फत अघि बढ्न निर्देशन दिएका हुन ।

    नेकपा एमाले बाँके जिल्ला कमिटिकाे आयाेजनामा बर्दियामा सुरु भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै उनले सरकारले बजेट रकमान्तरण नगर्ने भन्दै छुटेका याेजनाहरुलाइ अर्काे बर्ष सम्बाेधन गरिने बताए ।

    `याेजना माग्नकाे लागि मन्त्रालय धाउन पर्दैन । तल्लो निकायबाट हुने याेजना छनाेटकाे प्रक्रियालाई फलाे गरेर अघि बढेका याेजना समावेश गरिन्छ´उनले भने -`पहुँचकाे आधारमा हुने याेजना छनाेटकाे विधिलाई निरुत्साहित गर्न खाेजेका छाैं । आवश्यकताका आधारमा प्रक्रियागत रुपमा अघि बढेका याेजनालाइ छान्छाैं ।´

    लुम्बिनी प्रदेश सरकारले बनाउने आवधिक याेजना र याेजना बैंकमा समावेश याेजनाहरुलाइ बार्षिक याेजनकाे रुपमा छान्ने प्रक्रियाकाे थालनि गर्ने भनाइ उनकाे छ ।

    `पहुँचकाे भरमा याेजना छान्ने तर, कार्यान्वयन गर्न खाेज्दा नहुने, ठाउँ फेला नपर्ने, विवाद हुने, स्वार्थ बाझिने जस्ता समस्याहरु सुनिन्छन´उनले भने-´अब सरकारले आवधिक याेजना र याेजना बैंकमा रहेका याेजनालाइ बार्षिक याेजनाकाे रुपमा अघि बढाउछ ।´

    समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तीको दायित्वकाे बारेमा प्रशिक्षण दिनु भएका मुख्यमन्त्री आचार्यले सरकार गठन भएदेखि अहिलेसम्मका उपलब्धिकाे चर्चा समेत गरे ।

    सरकारले गरेका राम्रा काम र अभ्यासहरुको खुलेर प्रचारप्रसार गर्न पार्टी पंक्तिलाई निर्देशन समेत दिए । चुनाव अघि र पछिकाे समयमा जनप्रतिनिधि, पार्टी विचकाे सम्बन्धकाे बारेमा चर्चा गरे ।

    लुम्बिनी प्रदेश सरकारले सुशासन, पारदर्शीता, जवाफदेहिताका साथै नागरिकको विश्वास जित्नेगरी काम थालेको स्पष्ट पारे । 

    पूर्व बिशिष्ट व्यक्तिहरुले पाउदै आएको सुविधाहरु खारेज गर्ने, मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहितको दायरा भित्र राख्ने, पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयनमा लैजाने बिषय सुशासन संग जोडिएको भन्दै नागरिकहरुको विश्वास जित्नेगरी प्रदेश सरकारले काम अघि बढाएको बताए ।

    प्रदेश सरकार गठन भएको छोटो अवधनीमानै उपलब्धीहरु देखिएको तर, यसको प्रचार प्रसार हुन नसक्दा नागरिकहरुमा निरासा बढेको जस्तो देखिएको टिप्पणी गरे ।

    योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार हुँदै बताउै उहाँले महिला सहभागिता र सशक्तीकरण, सामाजिक समावेशीकरण, मानव संसाधन विकास लगायतका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको उल्लेख गरे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij