२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

मोदीको नेपाल भ्रमणको तयारी सुरू भइसक्यो : परराष्ट्रमन्त्री राणा

मोदीको नेपाल भ्रमणको तयारी सुरू भइसक्यो : परराष्ट्रमन्त्री राणा

मोदीको नेपाल भ्रमणको तयारी सुरू भइसक्यो : परराष्ट्रमन्त्री राणा

मोदीको नेपाल भ्रमणको तयारी सुरू भइसक्यो : परराष्ट्रमन्त्री राणा

मोदीको नेपाल भ्रमणको तयारी सुरू भइसक्यो : परराष्ट्रमन्त्री राणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी सुरू गरिसकेको बताएकी छन् ।

    हालै भारत भ्रमण सकेर फर्किएकी राणाले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र मोदीलाई दिएको र उनले त्यसको तयारीका लागि सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिएको जानकारी गराइन् ।

    मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री राणाले आफूले भारतीय प्रधानमन्त्री मोदीसँगको शिष्टाचार भेटमा दुई मुलुकबीचको आपसी सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने विषयमा जोड दिएको पनि प्रष्ट्याए ।

    उनले भने, ‘भारत भ्रमणको क्रममा मैले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई व्यक्त गर्नु भएको न्यानो अभिवादन शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि उहाँले दिनुभएको निमन्त्रणालाई पनि औपचारिक रूपमा हस्तान्तरण गरेँ । र, त्यसको उहाँले सहर्ष स्वीकार गरेर आफ्नो टीमलाई भ्रमणको एउटा टाइम बनाउनु भनेर त्यही बेलामा आदेश पनि गर्नुभएको थियो ।’

    परराष्ट्रमन्त्री देउवाले आफूले भारत भ्रमणको क्रममा त्यहाँका समकक्षी एक जयशंकरसँग दुई मुलुकबीचमा विगतमा भएको सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गरेको पनि बताइन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij