२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बर्दिया राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकीय हव:मुख्यमन्त्री आचार्य

बर्दिया राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकीय हव:मुख्यमन्त्री आचार्य

बर्दिया राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकीय हव:मुख्यमन्त्री आचार्य

बर्दिया राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकीय हव:मुख्यमन्त्री आचार्य

बर्दिया राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकीय हव:मुख्यमन्त्री आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • बर्दिया । बर्दिया जिल्ला पर्यटनकाे दृष्टिकोणले राष्ट्रिय अन्तर्राष्ट्रिय हव बनेकाे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् ।

    बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षणकाे क्षेत्रमा महत्त्वपूर्ण याेग्दान पुर्‍याएकाे, बाघ, हात्ती, गैडा लगायतका दुर्लभ बन्यजन्तु अवलाेकनकाे राष्ट्रिय अन्तर्राष्ट्रिय गन्तव्य बन्न सफल भएको बताउनु भयाे । अझै बर्दियालाई विश्व जगतमा ब्राण्डिङ्ग गर्न प्रदेश सरकारले पहल लिने बताए । बर्दियालाई धार्मिक, सांस्कृतिक दृष्टिकोणले समेत स्थापित गर्न सकिने बताए ।


    बर्दियाको जिल्लाको पवित्र तिर्थ स्थल ठाकुर बाबा मन्दिरकाे अवलाेकन गर्दै आचार्यले साे कुरा बताए ।`यहाँकाे पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउन सरकारले बनाउने पर्यटन सर्किटमा जाेड्छाैं´उनले भने `लुम्बिनीमा आउने पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्जमा ल्याउने, धेरै समय अडिनेगरी प्याकेज बनाउनेगरी काम भइरहेको छ । पर्यटनकाे विकासले समग्र लुम्बिनीकाे विकासमा टेवा पुर्‍याउछ ।´

    बर्दिया जिल्लाकाे समग्र विकासका लागि प्रदेश सरकारले याेजना तथा बजेटमा प्राथमिकतामा पार्ने प्रतिबद्धता व्यक्त गरे । चालू आर्थिक बर्षमा प्रदेश सरकारले बर्दिया जिल्लामा एक अर्ब बढी बजेट विनियोजन गरेकाे छ । बर्दियाकाे रैथाने कृषि बालि प्रबर्द्धनमा समेत सरकारले प्राथमिकतामा राखेकाे हाे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij