२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेपालले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दै

नेपालले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दै

नेपालले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दै

नेपालले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दै

नेपालले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • बुटवल । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्ने तालिका रहेको छ  ।

    नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज दोस्रो खेल हुन लागेको हो । यसअघि मंगलबार पहिलो खेल भने बर्षाले रद्ध भएको थियो ।

    नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग - २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले तेस्रो अभ्यास खेल सेप्टेम्बर ६ मा हुने तालिका रहेको छ ।

    श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

    यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij