२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

नेकपा एमाले रुपन्देहीको अधिवेशन बुधबारबाट, ओलीले उद्घाटन गर्ने

नेकपा एमाले रुपन्देहीको अधिवेशन बुधबारबाट, ओलीले उद्घाटन गर्ने

नेकपा एमाले रुपन्देहीको अधिवेशन बुधबारबाट, ओलीले उद्घाटन गर्ने

नेकपा एमाले रुपन्देहीको अधिवेशन बुधबारबाट, ओलीले उद्घाटन गर्ने

नेकपा एमाले  रुपन्देहीको अधिवेशन बुधबारबाट,  ओलीले उद्घाटन गर्ने
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, जेठ २२ २०८१
मंगलवार, जेठ २२ २०८१
  • भैरहवा । नेपाल कम्युनिष्ट पाटी (एमाले), रुपन्देहीको अधिवेशन बुधबार हुदैछ । बुधबार र बिहीबार हुने १० औं अधिवेशन दिउँसो १ बजे एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

    अधिवेशनका लागि जिल्लामा विभिन्न समिति र उपसमिति गठन गरी तयारी पूरा गरिएको एमाले जिल्ला प्रचार विभाग रुपन्देहीले मंगलबार तिलोत्तमाको कोटिहवामा पत्रकार सम्मेलन गरी अधिवेशनबारे जानकारी गराएको छ ।

    एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले भैरहवास्थित होटल सिद्धार्थ भिलासामा अधिवेशन हुने जानकारी दिए । उद्घाटन सत्रमा पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्याल, रुपन्देही जिल्ला इञ्चार्ज दलबहादुर राना, पोलिटब्यूरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टाराईलगायत विभिन्न तहका नेताहरुको उपस्थिति रहने एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के।सीले बताए ।

    ‘जिल्लाको १६ पालिका र १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट गरी ८५३ जना प्रतिनिधि चयन भइ अधिवेशनमा सहभागी हुने कार्यक्रम रहेको छ । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र १४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्नेछ, ’उनले भने ।

    अधिवेशन व्यवस्थित गर्नको लागि जिल्ला अध्यक्ष तेजेन्द्र के।सी।को संयोजकत्वमा १६७ जनाको मूल व्यवस्थापन कमिटी चयन भएको प्रचार विभाग प्रमुख पन्थीले बताए । एमाले जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र केसीले अधिवेशनबाट सकभर सर्वसम्मत नेतृत्व चयन गरिने जनाए । ‘हाम्रो विगत सर्वसम्मत नेतृत्व चयन गर्दै आएको इतिहास छ’, उनले भने, ‘यसपटक पनि सर्वसम्मतको प्रयास हुन्छ । यदि सर्वसम्मत नभए प्रतिनिधिहरुले कार्यसमिति चयनका लागि मतदान गर्नुहुन्छ ।’

    उनले अधिवेशन र निर्वाचनले पार्टीको आन्तरिक जीवनलाई बलियो र सुदृढ बनाउने जनाए । अध्यक्षमा धेरैको आकांक्षा छ नी भन्ने पत्रकारको प्रश्नमा केसीले भने, ‘इच्छा, आकांक्षा राख्नु स्वभाविक कुरा हो । हामी सकभर सहमतीमै नेतृत्व चुन्छौं ।’ उनले अधिवेशनमा पार्टी नेताहरु, शुभेच्छु तथा प्रतिनिधि गरेर ३ हजार ५ सय बढी सहभागी हुने जनाए । विगतमा आफूले नेतृत्व गर्दा १४ हजार जति पार्टी सदस्य भएकामा अहिले बढेर १७ हजार ९८ संगठित सदस्य भएको उनले जनाए

    ‘विभिन्न उपसमितिहरुले पनि सक्रियतापुर्वक काम गरिरहेका छन् । अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । त्यसै गरी बन्द सत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिनेछ ।’

    पन्थीका अनुसार रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य संगठित र उत्तिकै संख्यामा शुभेच्छुक पनि छन् ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij