२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

संविधान राम्रो तर, पुरुषमनोवृत्तिका नीति र नियामावलीका कारण महिला नेतृत्वमा आउन समस्या : सभामुख मगर

संविधान राम्रो तर, पुरुषमनोवृत्तिका नीति र नियामावलीका कारण महिला नेतृत्वमा आउन समस्या : सभामुख मगर

संविधान राम्रो तर, पुरुषमनोवृत्तिका नीति र नियामावलीका कारण महिला नेतृत्वमा आउन समस्या : सभामुख मगर

संविधान राम्रो तर, पुरुषमनोवृत्तिका नीति र नियामावलीका कारण महिला नेतृत्वमा आउन समस्या : सभामुख मगर

संविधान राम्रो तर, पुरुषमनोवृत्तिका नीति र नियामावलीका कारण महिला नेतृत्वमा आउन समस्या : सभामुख  मगर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१

  • बुटवल ।  लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संविधान राम्रो भएपनि संविधानपछि बनेका कतिपय पुरुषमनोवृत्तिका नीति र नियामावलीका कारण महिला नेतृत्वमा आउन समस्या भएको बताएका छन्। पुरुषमा आफू सधै केन्द्रमा रहनुपर्ने शासकीय मनोवृति हावी हुदाँ  पनि महिलाहरु नेतृत्वमा आउन  समस्या परेको उनले दावी गरे  ।  


     मिडिया एड्भकेसी ग्रुपले बुटवलमा बुधबार आयोजना गरेको पत्रकार महिलाका लागि राजनीति, संसदीय मामिला र विदेश मामिला सम्बन्धी कार्यशालामा बोल्दै सभामुख घर्तीले अब राजनीतिसंगै हरेक संघसस्था र संगठनमा महिला आउन आट र हिम्मत बढाउनुपर्ने बताए ।

    महिला प्रमुख पद आउनु पर्छ भनी अरुलाई झक झकाउने पत्रकारका संघसस्था र संगठनमै महिला नेतृत्वमा नहुनु  दुखद रहेको उनले बताए । उनले पत्रकार महिलालाई नेतृत्वमा ल्याउन पत्रकार पुरुषहरुले विश्वासको वातावरण बनाउन र सघाउन पनि आग्रह गरे । 


    रिपोटिडको सन्दर्भमा राजनीतिक रिपोटिड। गर्ने पत्रकार महिला  कम भएपनि विषयवस्तु र प्रस्तुतीको क्षमतामा अब्बल रहेको बताए । 

    उद्घाटन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रीदेवी अर्यालले राजनीति देशको मूलनीति भएकाले आफू स्थापित हुन पत्रकार महिलाहरुले पनि राजनीतिक रिपोटिड।लाई बढाउनु पर्ने बताइन् ।

    उनले राजनीतिकर्मी पुरुषको तुलनामा राजनीतिकर्मी महिलाको विषय वा महिलाले गरेका विषयलाई संचारमाध्ययमले कम प्राथमिकतामा राखेको बताउदै यस्तो भेदभाव नगर्न आग्रह गरे । पत्रकार महिलाहरुले राजनीतिक विटलाई बढाउदै सम्पादक हुने र आफ्ना संघसस्थाको केन्द्रीय पदमा पुग्नेमा लागिरहन सुझाब दिइन् । 


     कार्यशालाका प्रमुख प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्व अध्यक्ष डा। महेन्द्र विष्ठले राजनीतिक रिपोटिड।ले पत्रकारितामा प्रभाव बढाउन र समाजमा स्थापित हुन सघाउने बताए । उनले राजनीति देशको मूलनीति भएकाले विशेष अध्ययन र सीप सिकेर मात्रै यस्ता विषय लेख्न पत्रकार महिलाहरुलाई सुझाब दिए । 


    मिडिया एडभोकेसी ग्रुपका सस्थापक अध्यक्ष बबिता बस्नेतले राजनीतिक रिपोटिड गर्ने पत्रकार महिला कम भएको अवस्थामा त्यसबीटमा काम गर्ने संख्या र क्षमता बढाउन कार्यशाला आयोजना गरेको बताइन् । सामाजिक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा नियमित रिपोटिड। गर्ने पत्रकार महिला केही सीप सिके राजनीतिक रिपोटिडमा पनि अब्बल हुनसक्ने उनले जनाइन् ।

     
    कार्यशाला उद्घाटनमा बोल्दै संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले आफ्नो पत्रकारितामा उचाइ थप्न, समाज र देशलाई झकझकाउने बनाउन अन्य विषयसंगै राजनीतिक रिपोटिड. बढाउनुपर्ने बताइन् । उनले पत्रकार महिलाले राजनीतिक रिपोटिड. गर्न सक्दैनन् भन्ने धेरै भएका बेला त्यसलाई गलत सावित गर्न सीप र क्षमता बढाउन आग्रह गरिन् ।


     कार्यक्रमका अध्यक्ष तथा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकारिता व्यवसाय जोखीममा परेको बताउदै आफ्नो पेसा कायम राख्न र नेतृत्वमा पुग्न पत्रकार महिलाले थप क्षमता बढाउनुपर्ने  बताए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसी, रासस लुम्बिनी प्रदेशका प्रमुख भरत केसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष  शेरबहादुर केसी, बुटवल उपमहानगरका उपनिर्देशक दामोदर ज्ञवाली लगायतले राजनीतिक रिपोटिड.बारेमा सुझाब दिएका थिए ।


     क्यानेडियन राजदुतावासको सहकार्यमा मिडिया एड्भोकेसी ग्रुपले आयोजना गरेको पत्रकार महिलाका लागि राजनीति, संसदीय मामिला र विदेश मामिला सम्बन्धी कार्यशालामा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्त, नवलपरासी पश्चिम र पाल्पाका २० जनाको सहभागिता रहेको थियो । कार्यशालामा डा. महेन्द्र विष्ठ र बबिता बस्नेतले सहजीकरण गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij