२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

काँग्रेस रुपन्देहीले भैरहवामा म्याराथन प्रतियोगिता गर्दै

काँग्रेस रुपन्देहीले भैरहवामा म्याराथन प्रतियोगिता गर्दै

काँग्रेस रुपन्देहीले भैरहवामा म्याराथन प्रतियोगिता गर्दै

काँग्रेस रुपन्देहीले भैरहवामा म्याराथन प्रतियोगिता गर्दै

काँग्रेस रुपन्देहीले भैरहवामा म्याराथन प्रतियोगिता गर्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • बुटवल । नेपाली काँग्रेस रुपन्देहीले यही भदौ २४ गते सोमबार भैरहवामा खुल्ला मिनी म्याराथन प्रतियोगिता गर्ने भएको छ । १११ औं विपी जन्म जयन्तीको अवसरमा ‘खुल्ला मिनी म्याराथन प्रतियोगिता’ आयोजना गरिएको काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । युवाहरुमा खेल क्षेत्रप्रति उत्साह जगाउँदै खेलको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताए । 

    पाँच किलोमिटरको म्याराथन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भइ लुम्बिनीरोड, बुद्धचोक, बर्मेलीटोल, नारायणस्थान हुँदै मिलनचोक पुगेर समापन हुने कार्यक्रम संयोजक तथा काँग्रेस रुपन्देही जिल्ला सदस्य ओम कुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रम संयोजक श्रेष्ठका अनुसार प्रतियोगिता बिहान ६ः३० देखि सुरु हुनेछ ।

    प्रतियोगितामा खुल्ला र महिलातर्फ विजेताले अलगअलग पुरस्कार पाउनेछन् । खुल्लातर्फ प्रथम पुरुस्कार रु. १० हजार र मेडल, द्वितीय पुरस्कार रु. ५ हजार र मेडल, तृतीय पुरस्कार रु. ३ हजार र मेडल र सान्त्वना पुरस्कारहरु २ जनालाई रु. १ हजार ५ सय र मेडल दिइनेछ । 

    त्यसै गरी महिलातर्फ प्रथम पुरस्कार रु. १० हजार तथा मेडल, द्वितीय पुरस्कार रु.५ हजार र मेडल, तृतीय पुरस्कार रु. ३ हजार र मेडलको व्यवस्था गरिएको कार्यक्रम संयोजक श्रेष्ठले बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij