२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

माओवादी संविधान संशोधन विरोधी होइन : प्रचण्ड

माओवादी संविधान संशोधन विरोधी होइन : प्रचण्ड

माओवादी संविधान संशोधन विरोधी होइन : प्रचण्ड

माओवादी संविधान संशोधन विरोधी होइन : प्रचण्ड

माओवादी संविधान संशोधन विरोधी होइन : प्रचण्ड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन् ।

    विराटनगर विमानस्थलमा आइतबार बिहान पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनका नाममा जनताको हकअधिकार र प्राप्त उपलब्धिलाई मास्ने काम भने सह्य नहुने चेतावनी दिए ।

    उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक एवं समावेशी व्यवस्था हटाउने भन्ने कुरा कदापि मान्य नहुने भन्दै अध्यक्ष दाहालले माओवादीले सुरू गरेको जनयुद्धबाट नै मधेसी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको जिकिर गरे ।


    भ्रष्टाचारी एवं विचौलियालाई कारबाही थालेपछि आफू सत्ताबाट बाहिरिनुपरेको उनको दाबी छ ।

    “माओवादी पार्टी सत्ताबाट बाहिरिएपछि देशव्यापी रुपमा पार्टीको सङ्गठन विस्तार, सुदृढीकरण र पुनःनिर्माणमा गर्न पार्टीलाई अवसर प्राप्त भएको छ, पार्टी सुदृढीकरण अभियानमा साथ दिन सबैसँग अनुरोध गर्दछु”, उनले भने ।

    बहुमतका नाममा जथाभावी गर्ने छुट कोही कसैलाई पनि नरहेको उनको भनाइ थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij