२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

मुख्यमन्त्रीले पुलिस लाउने चेतावनी दिएपछि पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी

मुख्यमन्त्रीले पुलिस लाउने चेतावनी दिएपछि पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी

मुख्यमन्त्रीले पुलिस लाउने चेतावनी दिएपछि पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी

मुख्यमन्त्रीले पुलिस लाउने चेतावनी दिएपछि पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी

मुख्यमन्त्रीले पुलिस लाउने चेतावनी दिएपछि पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • रुपन्देही । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् । लुम्बिनी प्रदेश सरकारले पूर्वविशिष्ठ व्यक्तिहरुले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि पनि पूर्व मुख्यमन्त्री केसीले गाडी बुझाएका थिएनन् ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारको आग्रह नमाने प्रहरी लगाएर गाडी फिर्ता लिने बताएपछि केसीले फिर्ता गरेका हुन् । केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको वरिष्ठ शाखा अधिकृत देविराम भण्डारीले जानकारी दिए । मुख्यमन्त्री कार्यालयमा चालकमार्फत पूर्व मुख्यमन्त्री केसीले गाडी फिर्ता गरेका हुन् ।

    भदौ ६ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्वविशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले फजुल खर्च घटाउने योजना बनाएअनुसार पूर्वविशिष्ठ व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णयमा पुगिएको बताएका थिए ।


    वि.सं. २०७९ भदौ ३१ गते बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

    यो निर्णयका आधारमा पूर्व मुख्यमन्त्री तथा सभामुखले सेवा सुविधा लिँदै आएका थिए । पूर्वविशिष्ठ व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा पाउने गरेका थिए ।

    आर्थिक संकट निम्तिएको समयमा मितव्ययीता अपनाउनको लागि यसरी दिँदै आएको सेवा सुविधा फिर्ता गर्ने निर्णय वर्तमान प्रदेश सरकारले गरेको हो ।

    पहिलो प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरले पनि पूर्व विशिष्ठ व्यक्तिलाई दिँदै आएको सेवा सुविधा अन्तरगत सरकारी गाडी प्रयोग गर्दै आएका छन् । घर्तीले प्रदेश सभाका सचिव दुर्लभकुमार पुनलाई आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने बताएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij