२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल हुँदै

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल हुँदै

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल हुँदै

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल हुँदै

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बालुवाटारमा डाकेका छन् ।

    कोशीमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई बालुवाटार डाकेको जानकारी गराइएको छ । ‘भेटघाट भएपछि कोशीको बारेमा मात्रै कुरा हुँदैन । अरु अरु विषयमा पनि कुरा आइहाल्छ ।’ बालुवाटार स्रोतले भन्यो । छलफलका लागि ४:३० बजेको समय तोकिएको छ ।

    कांग्रेसले आफ्नो तर्फबाट मन्त्री हुनेहरुको सूची मुख्यमन्त्री हिक्मत कार्कीलाई दिन नसक्दा कोशीमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । कांग्रेसको भागमा चार मन्त्री परेका छन् । पार्टीभित्रका समूहको भागवण्डा मिलाउन नसक्दा कांग्रेसले सूची बुझाउन सकेको छैन । कोशी सरकारबाट माओवादी केन्द्र ११ साउनमा बाहिरिएको थियो ।

    दुई दलबीचको छलफलमा गृहमन्त्री रमेश लेखक पनि बोलाइएको छ । गृहमन्त्री लेखकले आज नै प्रधानमन्त्री ओलीसँग प्रहरी र शसस्त्र प्रहरी विधेयक बारे छलफल गर्ने तय भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij