२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

वीपि जयन्तीमा खुल्ला म्याराथन:  मान्नधर र बस्नेतले चुमे उपाधि

वीपि जयन्तीमा खुल्ला म्याराथन:  मान्नधर र बस्नेतले चुमे उपाधि

वीपि जयन्तीमा खुल्ला म्याराथन:  मान्नधर र बस्नेतले चुमे उपाधि

वीपि जयन्तीमा खुल्ला म्याराथन:  मान्नधर र बस्नेतले चुमे उपाधि

वीपि जयन्तीमा खुल्ला म्याराथन:  मान्नधर र बस्नेतले चुमे उपाधि
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • भैरहवा  ।  १११औं वीपी जन्मजयन्तीको अवसरमा रुपन्देहीमा भएको खुल्ला हाफ म्याराथनको पुरुष तर्फको उपाधि धनु मानन्धर र महिला तर्फको उपाधि सरिता कुमारी बस्नेतले जितेका छन ।

    वीपीको योगदानलाई स्मरण गर्दै नेपाली काङ्ग्रेस, रुपन्देहीको आयोजनामा गौतमबुद्ध विमानस्थल अगाडिबाट सुरु भएको म्याराथन ५ किलोमिटरको दुरी पार गर्दै मिलनचोकमा समापन भएको थियो । निर्धारित दुरी पुरुष तर्फ मानन्धरले १५ मिनेट ५२ सेकेन्डमा दौड पुरा गरि प्रथम स्थान हासिल गरे । त्यस्तै १६ मिनेट ४ सेकेन्डमा लक्ष्य पार गर्दै उमेश बरई द्वितीय, १६ मिनेट २५ सेकेन्डमा अजय पाण्डेले निर्धारित दुरी पार गरि तृतीय स्थान प्राप्त गरे । 

    यस्तै महिला तर्फ बस्नेतले २१ मिनेट २९ सेकेन्डमा दौड पुरा गरि प्रथम स्थान हासिल गरे । त्यस्तै २१ मिनेट २९ सेकेन्डमा लक्ष्य पार गर्दै कुसुम ठगुन्ना द्वितीय, २१ मिनेट ४४ सेकेन्डमा विपना केसीले निर्धारित दुरी पार गरि तृतीय स्थान प्राप्त गरे ।

    यस्तै सान्तवना तर्फ ५८ वर्षिय हरिश चन्द्र श्रेष्ठ र ११ वर्षिय द्वय मयक अग्रवाल र सादिप पठान ले निर्धारित दुरी पार गर्दै पुरस्कृत भए । विजेता दुवै विधाका धावक प्रथम हुनेले १० हजार, प्रमाण पत्र र मेडल, द्वितीय हुनेले ५ हजार, प्रमाण पत्र र मेडल, तृतिय हुनेले ३ हजार, प्रमाण पत्र र मेडल र सान्त्वना हुने तिनै जनालाई १ हजार ५ सय रुपैयाँ, प्रमाण पत्र एवं मेडलबाट पुरस्कृत गरिएको प्रतियोगिता सयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए । 

    विजेताहरुलाई प्रदेश सभा सदस्य अब्दुल रज्जाक, पालिकाका प्रमुखहरु र पार्टीका रुपन्देही सभापति रामकृष्ण खाँणले पुरस्कृत गरेका थिए । युवाहरुमा खेल क्षेत्रप्रति उत्साह जगाउँदै यसको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । 

    विहान ७ बजे सुरु भएको पाँच किलोमिटरको प्रतियोगिता भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट सुरु भई लुम्बिनी रोड, बुद्धचोक, बर्मेलीटोल, नारायणस्थान हुँदै मिलनचोक आएर समापन भएको थियो । प्रतियोगितामा करिब ५ सय धावक सहभागी थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij