२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

सरकारको छनक राम्रो नभए पनि सय दिनसम्म कुर्छौँ : रवि लामिछाने

सरकारको छनक राम्रो नभए पनि सय दिनसम्म कुर्छौँ : रवि लामिछाने

सरकारको छनक राम्रो नभए पनि सय दिनसम्म कुर्छौँ : रवि लामिछाने

सरकारको छनक राम्रो नभए पनि सय दिनसम्म कुर्छौँ : रवि लामिछाने

सरकारको छनक राम्रो नभए पनि सय दिनसम्म कुर्छौँ : रवि लामिछाने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकारको अहिलेसम्मका काम हेर्दा जनताको अपेक्षा अनुसार नभएको टिप्पणी गरेका छन्।

    रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि धनगढी पुगेका लामिछाने विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले सरकारको निरन्तर खबरदारी गरिरहेको बताए ।

    उनले भने, ‘सरकारको काम अहिलेसम्म हेर्दा सन्तोषजनक देखिएको छैन। हामीले खबरदारी गरिरहेका छौँ। नियालिरहेका छौँ। जनताको जुन आशा छन् त्यो सरकारको व्यवहारबाट देखियोस् भन्ने चाहेका छौँ। तर, त्यस्तो कुनै छनक देखेको छैन। सरकार योजनामा होला सय दिनसम्म सरकारलाई सुविधा दिनुपर्छ।’


    उनले भ्रष्टाचारको अनुसन्धानमा जुटिएको प्रहरीहरूको सरुवाको विषयमा बिस्तारै खुल्दै जाने बताए।

    उनले भने, ‘अनुसन्धानमा लागिरहेका मानिसहरूलाई त्यहाँबाट अन्त अन्तै लगिएको भन्ने सुन्नमा आएको छ। त्यो निरन्तर प्रक्रियाले हो कि अन्य कुनै कारणले खुल्दै जाला। हामीले जुन जुन सुरू गरेका थियौँ त्यसलाई अझै जोड लगाउने समाचारहरू आएका छैनन्। ती फाइलहरू कहाँ के भए मलाई थाहा छैन।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij