काठमाडौं । नेकपा एमालेले पाँचथरको विष्फोट घटनामा गृहमन्त्रीको जवाफ मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले सरकारले जवाफ दिनुपर्ने बताए ।
उनले भने, ‘यो घटनामा सरकारले सदनमा आएर जवाफ दिनुपर्छ । यतिका समयमा समेत यो घटनामा जोडिएका दोषी को हो रु यस्तो गम्भीर प्रकृतिको घटनामा गृहमन्त्रीले संसदमा आएर जवाफ दिन माग गर्न चाहन्छु ।’
सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विष्फोट भएको कुरा आइरहेकाले त्यसको जिम्मेवारी कसले लिने ? भन्दै प्रश्न गरे । पाँचथरको फालेलुङ गाउँपालिका-५ मा गत बिहीबार सकेट विष्फोटका भएर एकै घरका दुई नाबालकको मृत्यु भएको थियो ।




