२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिता भैरहवामा  हुने

आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिता भैरहवामा  हुने

आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिता भैरहवामा  हुने

आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिता भैरहवामा  हुने

आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिता भैरहवामा  हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • बुटवल । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिता भैरहवामा  हुने भएको छ।

    सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि संघका अध्यक्ष सुजन पुनले असोज ६ गते देखि भैरहवा नारायणथानस्थित क्रेजि क्यु क्लब हाउसमा हुने प्रतियोगिताको तयारी तीब्र रुपमा अघि बढेको बताए।  संघको आयोजनामा जिल्लास्तरीय स्नुकर प्रतियोगिताहरु बुटवलमा भइरहेकामा यसपटक  भैरहवामा पहिलोपटक जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको उनले बताए । आठौं जिल्लास्तरीय प्रतियोगितापछि बुटवलमा  राष्ट्रिय प्रतियोगिता समेत गर्ने तयारीमा रहेको अध्यक्ष पुनले जानकारी गराए । 

    कार्यक्रममा संघका संस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य भुपेन्द्र बहादुर क्षेत्री (हरि) ले स्नुकर खेललाई अघि बढाउन र मर्यादित बनाउन मिडिया र पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताए । स्नुकर खेल प्रतिको प्रहरी, प्रशासन र नागरिकको दृष्टिकोण र सोचलाई परिवर्तन गर्न रुपन्देहीका  संचारकर्मीहरुको महत्वपुर्ण भुमिका रहेको समेत उनले बताए। उनले संस्थामा नया  युवाहरु नेतृत्वमा आउने गरी सक्षम हुनुपर्ने सुझाव दिए।

    कार्यक्रममा संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले स्नुकर खेलप्रतिको युवाहरुको आकर्षणलाई मध्यनजर गरि भैरहवामा प्रतियोगिता गर्न लागेको बताए । पहिलो पटक भैरहवामा आयोजना हुन लागेको प्रतियोगितालाई भब्य  रुपमा सफल बनाउने गरि तयारीमा लागेको उनले बताए।

    रुपन्देही पुल तथा स्नुकर संघको सदस्यता लिएका जुनसुकै जिल्लाका खेलाडीले भाग लिन पाउने उनले बताए ।  करिब डेढ  सय  खेलाडीहरुले भाग लिने अनुमान गरिएको प्रतियोगिताको उपाधि विजेताले नगद ६१ हजार रुपैया, तथा उपविजेताले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि हाईयस्ट ब्रेकरलाई नगद १० हजार रुपैया, कपबाट पुरस्कृत गरिने खेल संयोजक थापाले बताए । 

    snuker.jpg


    कार्यक्रममा स्नुकर संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य, प्रथम उपाध्यक्ष बासु प्रधान, संघका सचिव प्रकाश क्षेत्री लगायतले स्नुकर खेल विकासमा स्थानिय सरकारको सहयोग जरुरी रहेको बताए। हाल रुपन्देहीमा ४४ वटा स्नुकर हाउसहरु संचालनमा छन भने राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी रुपन्देहीबाट उत्पादन भएका छन।  भैरहवामा हुने प्रतियोगिताको क्रममा  स्नुकर खेलको विकास र प्रचारप्रसारमा संचार क्षेत्रबाट योगदान गर्ने बढीमा दुईजना पत्रकारलाई सम्मान कार्यक्रम समेत निरन्तरता दिने उनले बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij