२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सन्दीपको अमेरिका भिसाबारे पारस भन्छन्- सबै ठाउँबाट ग्रिन सिग्नल आएको छ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सन्दीप लामिछानेको अमेरिका यात्राबारे सबै ठाउँबाट ग्रिन सिग्नल आएको बताएका छन् ।

    विश्वकप लिग-२ का लागि क्यानडामा हुने एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलाको बिदाइ कार्यक्रममा बोल्दै पारसले भने, ‘मलाई लाग्छ सबै प्रक्रिया पूरा भइसकेको छ । क्यानडाबाट अमेरिका जानु पर्ने भएकाले हामीले आवश्यक कामहरू गरेका छन् । सकारात्मक, ग्रिन सिग्नलहरू सबै ठाउँबाट आइसकेको छ ।’

    नेपालले क्यानडापछि अमेरिकामा विश्वकप लिग-२ को शृङ्खला खेल्दै छ । गत जुन(जुलाईमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना भएको टी-२० विश्वकपमा अमेरिकाले सन्दीपलाई भिसा दिएको थिएन ।

    नेपालस्थित अमेरिकी दूतावासले दुई-दुई पटक अन्तर्वार्ता लिएर भिसा अस्वीकार गरेको थियो । उनले वेस्ट इन्डिजमा भएका खेलहरूमा भने प्रतिनिधित्व गरेका थिए । सन्दीप झन्डै एक वर्षपछि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कँदैछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij