२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी बौद्ध विश्वविद्यालयका शिक्षकलाई तालिम

लुम्बिनी बौद्ध विश्वविद्यालयका शिक्षकलाई तालिम

लुम्बिनी बौद्ध विश्वविद्यालयका शिक्षकलाई तालिम

लुम्बिनी बौद्ध विश्वविद्यालयका शिक्षकलाई तालिम

लुम्बिनी बौद्ध विश्वविद्यालयका शिक्षकलाई तालिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनरत शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि तालिम शुरु गरिएको छ । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमको सहयोगमा तालिम आयोजना गरिएको हो ।
    तीन चरणमा हुने सात दिने तालिमको लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले शुक्रबार बुटवलमा उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले विद्यार्थीहरुमा सिकाई बृद्धि गर्नका लागि तालिम आयोजना गरिएको बताउनुभयो । ‘प्राध्यापनरत शिक्षकहरुको क्षमता अभिवृद्धिबाट विद्यार्थीको सिकाईमा परिवर्तन गर्नुपर्नेछ, उहाँले भन्नुभयो,–‘सूचना प्रविधिमा भइरहेको विकासलाई पछ्याउदै शिक्षकहरु अनुसन्धानमा केन्द्रीत हुनुपर्छ ।’

    WhatsApp Image 2024-06-07 at 3.24.31 PM.jpeg
    तालिममा सहभागीहरु


    उहाँले विश्वविद्यालयले तालिम युनिट तयार गरेर अव निरन्तर शिक्षक तथा कर्मचारीहरुका लागि तालिम सञ्चालन गर्ने बताउनुभयो । विश्वविद्यालयका शिक्षकको दक्षताको मापन नै विद्यार्थीको सिकाई उपलब्धि रहेको भन्दै उहाँले कक्षामा गएर एकोहोरो पढाउने तरिका पुरानो भइसकेको उल्लेख गर्नुभयो ।
    कार्यक्रममा मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुँले ४५ घण्टा अवधिको यो तालिमले शिक्षकहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने बताउनुभयो ।
    त्यस्तै स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाईड साइन्सका कार्यकारी निर्देशक उकेशराज भुजुले विद्यार्थीको सिकाई केन्द्रीत भएर शिक्षकहरुले प्राध्यापन गर्नुपर्ने बताउनुभयो ।
    तालिममा विश्वविद्यालयका आंगिक क्याम्पसमा प्राध्यापनरत ३० जना शिक्षकहरुको सहभागिता रहेको छ । पहिलो चरणमा तीन दिनको तालिममा प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. पेशल खनाल, प्रा.डा. नारायणप्रसाद बेल्बासे, डा. टिकाराम पौडेल, प्रा.डा. जीवलाल सापकोटाले सहजीकरण गर्नुहुनेछ । तालिम उद्घाटन कार्यक्रमको सञ्चालन शाखा अधिकृत चुरामणि पोखरेलले गर्नुभएको थियो । पहिलो चरणको तालिम आइतबार समापन हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij