२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

आज लुम्बिनी प्रदेशसभा बैठक बस्दै, के छ कार्यसूची?

आज लुम्बिनी प्रदेशसभा बैठक बस्दै, के छ कार्यसूची?

आज लुम्बिनी प्रदेशसभा बैठक बस्दै, के छ कार्यसूची?

आज लुम्बिनी प्रदेशसभा बैठक बस्दै, के छ कार्यसूची?

आज लुम्बिनी प्रदेशसभा बैठक बस्दै, के छ कार्यसूची?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • बुटवल । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेसनको २९ औं बैठक आज बस्दै छ ।

    दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश गर्ने कार्यसूची छ ।

    अघिल्लो बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको विधेयकलाई पुनःछलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो ।

    समितिको बैठकले केही थप्नुपर्ने विषयहरुलाई समावेश गरेर पुनः प्रदेशसभामा पेश गर्ने तयारी गरेको हो । प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।

    बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।

    यस्तै, बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा बोल्नेसमेत कार्यसूची तयार भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij