२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

संबैधानिक परिषदको बैठक बोलाइयो, नयाँ प्रधानन्यायाधीश बारे छलफल हुने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • काठमाडौँ । संवैधानिक परिषदको बैठक बोलाइएको छ । परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरि परिषदको बैठक बोलाएका हुन् । 

    बैठकको एक मात्र एजेण्डा नयाँ प्रधानन्यायाधीश सिफारिस बारे छलफल गर्ने रहेको छ ।

    परिषदका सदस्यहरूलाई पठाइएको पत्रमा प्रधानन्यायाधीश सिफारिसको एउटामात्रै एजेण्डा उल्लेख गरिएको छ ।

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउने हुनाले नयाँ प्रधानन्यायाधीशको सिफारिश गर्ने तयारी गरिएको हो । नयाँ प्रधानन्यायाधीश सिफारिस भएपछि संसदीय सुनुवाई पछि नियुक्ति हुने प्रावधान छ ।

    नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदमा पठाइसकेको छ । जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् । सिफारिस मध्ये प्रकाशमान सिंह राउत सबैभन्दा वरिष्ठ भएकाले उनकै नाम सिफारिस हुने सम्भावना रहेको छ ।
     
    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij