२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

लुम्बिनी प्रदेश सभामा पेश भयो प्रतिवेदन सहितको स्थानीय सेवा गठनको विधेयक

लुम्बिनी प्रदेश सभामा पेश भयो प्रतिवेदन सहितको स्थानीय सेवा गठनको विधेयक

लुम्बिनी प्रदेश सभामा पेश भयो प्रतिवेदन सहितको स्थानीय सेवा गठनको विधेयक

लुम्बिनी प्रदेश सभामा पेश भयो प्रतिवेदन सहितको स्थानीय सेवा गठनको विधेयक

लुम्बिनी प्रदेश सभामा पेश भयो प्रतिवेदन सहितको स्थानीय सेवा गठनको विधेयक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • दाङ। लुम्बिनी प्रदेश सभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश भएको छ ।

    प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश गरेकी हुन । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको २९ औं बैठकमा समितिका सभापती बुढाले प्रतिवेदन सहितको विधेयक पेश गरिन । 


    भदौ ६ गते बसेको प्रदेश सभाको २७ औं बैठकले प्रतिवेदन सहित पेश भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो । समितिले विधेयक माथी पुनः छलफल गरेर बुधवासको बैठकमा पेश गरेको हो ।

    प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो । प्रदेश मामिला तथा कानुन समितिले प्रतिवेदन सहितको विधेयक तयार पार्न ३६ औं बैठक सम्पन्न गरेको र लामो छलफलबाट प्रतिवेदन पुनः सभामा पेश गरिएको समितिका सभापती बुढाले जानकारी दिइन। 


    सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निस्पक्ष, पारदर्शी, जनउत्तरदायी बनाउन भूमिका खेल्नेगरी विधेयक तयार भएको सभापतीको भनाई छ । बुधवार बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाउन प्रस्ताव पेश गरे । बैठकमा प्रदेशसभा सदस्यहरुले विशेष समयमा बोल्दै सरकारको सभाको ध्यानाकर्षण गराएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij