२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

लुम्बिनी प्रदेश सभाको ३० औं बैठक आज, यस्ता छन कार्यसूची

लुम्बिनी प्रदेश सभाको ३० औं बैठक आज, यस्ता छन कार्यसूची

लुम्बिनी प्रदेश सभाको ३० औं बैठक आज, यस्ता छन कार्यसूची

लुम्बिनी प्रदेश सभाको ३० औं बैठक आज, यस्ता छन कार्यसूची

लुम्बिनी प्रदेश सभाको ३० औं बैठक आज, यस्ता छन कार्यसूची
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • दाङ। लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको ३० औं बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्थागर्न बनेको प्रतिवेदन सहितको विधेयक माथी छलफल र पारित गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । यही बैठकमा स्थानीय सेवाको गठन सम्वन्धि विधेयक निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । 


    हिजो बसेको बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापती दिलकुमारी बुढाले प्रतिवेदन सहितको विधेयक सभामा पेश गर्नु भएको थियो । भदौ ६ गते बसेको प्रदेश सभाको २७ औं बैठकले प्रतिवेदन सहित पेश भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो । 


    प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो । प्रदेश मामिला तथा कानुन समितिले प्रतिवेदन सहितको विधेयक तयार पार्न ३६ औं बैठक सम्पन्न गरेको र लामो छलफलबाट प्रतिवेदन पुनः सभामा पेश गरिएको हो । बैठकमा प्रदेश सभा सदस्यहरुले मसामयिक विषयमा शून्य समय र विशेष समयमा बोल्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij