२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

गैरेको नेतृत्वमा रुपन्देही एमालेमा सर्बसम्मत

गैरेको नेतृत्वमा रुपन्देही एमालेमा सर्बसम्मत

गैरेको नेतृत्वमा रुपन्देही एमालेमा सर्बसम्मत

गैरेको नेतृत्वमा रुपन्देही एमालेमा सर्बसम्मत

गैरेको नेतृत्वमा रुपन्देही एमालेमा सर्बसम्मत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • बुटवल  । नेकपा एमाले रूपन्देही जिल्ला अध्यक्षमा यज्ञ गैरे निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको थियो । निवर्तमान अध्यक्ष तेजेन्द्र केसी र खेमप्रसाद लुइँटेलले शुक्रबार दिउँसो उम्मेदवारी फिर्ता लिएपछि गैरे निर्विरोध भएका हुन् । उनी यसअघि सचिव थिए ।

    त्यस्तै उपाध्यक्षमा हितराज पन्थी, सचिवमा चित्रबहादुर कार्की र उपसचिव खुल्लामा बाबुराम पन्थी तथा महिलामा सुनिता ठटेर पनि निर्विरोध निर्वाचित भएका छन् । पन्थी यसअघि उपसचिव थिए । कार्की सैनामैना नगरपालिकाका पूर्वप्रमुख हुन् । उपाध्यक्षमा नरबहादुर घर्ती र हिरा केवट राहुलले पनि उम्मेदवारी दिएर फिर्ता लिएका थिए ।

    त्यस्तै सचिवमा कार्कीसँगै महेन्द्रप्रसाद लिगलले दाबी गरेका थिए । लिगलले फिर्ता लिएपछि कार्की निर्विरोध भएका हुन् ।

    दुईजनाका लागि उपसचिवमा ८ जनाको उम्मेदवारी परेको थियो । ५ पदाधिकारीसहित भुगोल, खुल्ला, जनजाती, महिला, दलित, पेसागत संगठनसहित १ सय ६९ जना निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत धर्मबहादुर खड्काले बताए ।

    एमालेको १० औं जिल्ला अधिवेशन बुधबार उद्घाटन भएको थियो । बिहीबार दिनभर सहमतिको प्रयास भएको थियो । शुक्रबार सबै पदहरुमा सर्वसम्मत गराएर घोषणा गरिएको हो ।

    सर्वसम्मत गराउनका लागि एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, पद्मा अर्याल, पोलिटब्युरो सदस्य लीला गिरी, दलबहादुर रानालगायतका नेताले पहल गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij