२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

पत्रकार महासंघको निर्वाचन अनिश्चित, संस्थाकै बैद्यतामाथि उठ्यो प्रश्न

पत्रकार महासंघको निर्वाचन अनिश्चित, संस्थाकै बैद्यतामाथि उठ्यो प्रश्न

पत्रकार महासंघको निर्वाचन अनिश्चित, संस्थाकै बैद्यतामाथि उठ्यो प्रश्न

पत्रकार महासंघको निर्वाचन अनिश्चित, संस्थाकै बैद्यतामाथि उठ्यो प्रश्न

पत्रकार महासंघको निर्वाचन अनिश्चित, संस्थाकै बैद्यतामाथि उठ्यो प्रश्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • बुटवल । नेपाल पत्रकार महासंघले जेठ २६ गते तोकेको तीन तहकै निर्वाचन स्थगित गरेको छ । सदस्यताको टुंगो नलागेपछि निर्वाचन हुन नसकेको हो ।

    शुद्धिकरणका नाममा पत्रकारिता गरिरहेकालाई सदस्य हटाउने र गैरपत्रकारलाई नयाँ सदस्यता दिएको विवाद छ । साे विवादले महासंघमा तालाबन्दी भएको छ । 

    अधिवेशनपछि निर्वाचनबाट नयाँ नेतृत्व चयन हुनुपर्नेमा निर्वाचन नै अनिश्चित भएको हो । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ती जारी गर्दै २६ गतेको मतदान कार्यक्रम स्थगित भएको बताएका छन् । उनले निर्वाचन असार दोस्रो साता हुन सक्ने बताएका छन् ।

    यता महासंघ संस्था दर्ता नविकरण नै नभएकाे भन्ने चर्चा सामाजिक सञ्चालमा चलेको छ । संस्था नविकरण नै नभएपछि महासंघ नामक संस्थाकै बैधानिकतामाथि सदस्यहरुले प्रश्न उठाएका छन् । महासंघको नेतृत्वको गम्भिर लापर्बाहीले संस्था कमजोर भएको आरोप सदस्यहरुको छ ।

    महासंघ केन्द्रमा अध्यक्ष पोखरेल र महासचिव रोशन पुरी बाहेकका अन्य पदाधिकारी तथा सदस्यहरु शुद्धिकरण र नया सदस्यताका विषयमा विपक्षमा रहेका छन् । केन्द्रले निर्वाचन समिति बनाउन जिल्ला र प्रदेशलाई परिपत्र गरे पनि अधिकांशले पालना गरेका छैनन् । निर्वाचन समिति गठन नहुदासम्म निर्वाचन हुन सक्दैन । अहिले सबै तहका महास‌घका समितिहरु कामचलाउ अवस्थामा रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij