२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

देश र जनताका निम्ति काम गरौँ: उपराष्ट्रपति

देश र जनताका निम्ति काम गरौँ: उपराष्ट्रपति

देश र जनताका निम्ति काम गरौँ: उपराष्ट्रपति

देश र जनताका निम्ति काम गरौँ: उपराष्ट्रपति

देश र जनताका निम्ति काम गरौँ: उपराष्ट्रपति
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • परासी  । उपराष्ट्रपति रामसहाय यादवले धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक भएको बताएका छन् ।  शनिबार पश्चिम नवलपरासीमा १४९९औँ मोहम्मद जयन्तीका अवसरमा आयोजित राष्ट्रिय एकता एवम् पैगामे अमन सम्मेलनमा उनले धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गर्नुपर्नेमा जोड दिए ।

    उपराष्ट्रपतिले भने, “सामाजिक कार्य र धार्मिक उत्सवहरूमा सक्रिय सहभागिता र अन्तरघुलन बढाउन जरुरी छ । कुनै पनि धर्मको मूलमन्त्र मानवता, प्रेम, सद्भाव, सहिष्णुता र सहयोग अभिवृद्धि गर्नु हो ।”

    देशमा शान्ति तथा अमनचयन कायम गर्न दया, करुणा, इमान्दारी, परोपकारी भाव एवम् व्यवहार आवश्यक पर्ने  उनले बताए । अनेकतामा एकता नेपालको विशेषता भएको चर्चा गर्दै यो विविधतालाई अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।

    उपराष्ट्रपतिले भने, “देशको चौतर्फी विकासका निम्ति हामीबिच एकता हुन जरुरी छ । एकता नै बल हो भन्ने यथार्थलाई हामी सबैले सधैँ आत्मसात् गर्नुपर्छ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij