२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  •  काठमाडौं । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ ।

    सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बैठकमा बोलाएका थिए । बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका छन् ।

     

    सभामुख घिमिरेले भने संसद सचिवालयको राय, विगतको अभ्यास सबै हेरेर आफूले निर्णय लिएको बताएका छन् ।

    एमाले सचिव योगेश भट्टराईले १२ भदौको बैठकमा माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि विवाद सुरु भएको थियो । माओवादीले त्यहीबेला विरोध गरेपछि सभामुख घिमिरेले अध्ययन संसद सचिवालयलाई रुलिङ गरेका थिए ।

     

    सभामुखले २६ गतेको बैठकमा हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएका थिए । माओवादीले फेरि संसद अवरुद्ध गर्‍यो । शनिबार बसेको संसदीय दलको बैठकले माओवादी जनयुद्धको अपमान गरिएको भन्दै अवरोध कायमै राख्ने निर्णय गर्‍यो ।

    संसदको बैठक आइतबार १ बजे बोलाइएको थियो । त्यसअघि भएको छलफलमा सभामुख घिमिरेले भने सभामुखको रुलिङ नमान्नु कति न्यायोचित हुन्छ भन्ने ख्याल गर्न आग्रह गरेका छन् ।

    जवाफमा माओवादी प्रमुख सचेतक पाण्डेले दलमा छलफल गरेर २ बजेभित्र जवाफ दिने जानकारी गराएका छन् । ‘संसदको जो अवरोध थियो, त्यो कसरी सञ्चालन गर्ने भन्ने छलफल भयो’ उनले भने, ‘यहाँ भएको छलफल दलमा राख्छु ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij