२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

एनइए लुम्बिनी प्रदेश : सिडेनका लम्साल समुहको  ऐतिहासिक जित

एनइए लुम्बिनी प्रदेश : सिडेनका लम्साल समुहको  ऐतिहासिक जित

एनइए लुम्बिनी प्रदेश : सिडेनका लम्साल समुहको  ऐतिहासिक जित

एनइए लुम्बिनी प्रदेश : सिडेनका लम्साल समुहको  ऐतिहासिक जित

एनइए लुम्बिनी प्रदेश : सिडेनका लम्साल समुहको  ऐतिहासिक जित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • बुटवल । नेपाल इन्जिनियर्स एशोसियसन लुम्बिनी प्रदेशको तेस्रो निर्वाचनमा नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले जित हासिल गरेको छ । तीन पक्षीय चुनावी भिडन्तमा एमाले निकट (पिन) र माओवादी केन्द्र निकट (निओन) लाई पत्तासाफ पारेको हो ।


    हिजो सम्पन्न निर्वाचनमा लुम्बिनी प्रदेश केन्द्रिय सदस्यमा आकाश बर्मा बिजय भएका हुन् । आकासले ५३३ मत ल्याउदा निकटम प्रतिद्वन्द्वी पिनका बलाराम पौडेलले ५१३ तथा निओनका अरुण खनालले २३३ मत ल्याएका थिए ।

    त्यस्तै प्रदेश अध्यक्षमा सिडेनका महेश्वर लम्साल बिजय भएका हुन्  । लम्सालले ८८४ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्दी पिनका जय लाल मरासिनीले ४४० मत ल्याएका थिए । उपाध्यक्षमा शिव प्रसाद तिवारी बिजय भएका हुन् । तिवारीले ६८२ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी प्रभा पाण्डेले ४९८ मत ल्याएकी थिइन । 


    सचिवमा प्रतिस्पर्धा उच्च हुने पुर्व आकलन रहेको इन्जिनियर बताएका थिए तर अनुभवी र सरल स्वभावका प्रवेश पौडेल बिजय भएका छन । प्रबेशले ७७८ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी शिशिर ज्ञवालीले ४४५ मत ल्याएका थिए । सह-सचिवमा संकल्प बुढाथोकी बिजय भएका छन ।

    संकल्पले ६९२ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी प्रदिप घिमिरेले ५३४ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा प्रविन सापकोटा बिजय भएका हुन । प्रबिनले ८०१ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्दी राजु ढकालले ४१० मत प्राप्त गरेका थिए ।

    त्यस्तै सदस्यहरुमा  अम्बिका ढुंगाना , सुचित बिष्ट , कृतेश कुमार श्रेष्ठ , दिपेश गौतम , कमल राज ढुंगाना , जीवन पाण्डे , दैबग्य जोशी , सुरक्षीत ज्ञवाली , रुपेश परियार र निशा बेलबासे निर्वाचित भएका हुन्  ।


    जम्माजम्मी १८१६ मत संख्यामा १३५० मत खसेको थियो । दाङमा १७६ , नेपालगञ्जमा २२२ र बुटवलमा ९५२ मत खसेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij