२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुले लिए शपथ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको सुखद भविस्य निर्माण गर्न तथ्य र प्रमाणमा आधारित योजनाहरुलाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिएका छन् । 


    प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्म निर्भर प्रदेशको आकांक्षा पुरा गर्न प्रदेश योजना आयोगले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन निर्देशन दिए । 


    ‘पहिलो आवधिक योजनाको जगमा प्रदेश उभिएको छ । अव हामी दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा छौं’उनले भने,‘दोस्रो आवधिक योजनालाई पूणर्ता दिन यहाँहरुको भूमिका प्रदेशले चाहेको छ ।’ 


    प्रदेशको भाग्य भबिस्य रच्ने जिम्मेवारी योजना आयोगको रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन आग्रह गरे । 

    उपाध्यक्ष र सदस्यहरुको शपथ
    नव नियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल र सदस्यहरु डा.सुदन कुमार वली, भुवन चौधरी र शान्ता देवि ढकालले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सोमवार शपथ लिएका हुन् । 


    मुख्यमन्त्री चेतनारायण आचार्यले उपाध्यक्ष डा. डिल्लीराज अर्याललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो भने उपाध्यक्ष अर्यालले सदस्य डा.सुदन कुमार वली, भुवन चौधरी र शान्ता देवि ढकाललाई शपथ ग्रहण गराए । 

    प्रदेश योजना अयोग गठन तथा कार्य सञ्चालन आदेश २०८० को दफा १६ बमोजिम उपाध्यक्ष तता सदस्यहरुले आफ्नो कार्यभार सम्हाल्नु अघि अनुसुची २ बमोजिम ढाँचामा उपाध्यक्षले अध्यक्ष समक्ष र सदस्यहरुले उपाध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने व्यवस्था छ । 

    सोमवार विहान बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्ष र सदस्य नियुक्त गर्ने निणर्य गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij