२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लिग २: ब्याटिङ नचल्दा क्यानडासँग फराकिलाे हार

लिग २: ब्याटिङ नचल्दा क्यानडासँग फराकिलाे हार

लिग २: ब्याटिङ नचल्दा क्यानडासँग फराकिलाे हार

लिग २: ब्याटिङ नचल्दा क्यानडासँग फराकिलाे हार

लिग २: ब्याटिङ नचल्दा क्यानडासँग फराकिलाे हार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • काठमाडौं । विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग १०३ रनकाे फराकिलाे अन्तरले पराजित भएको छ । किंग सिटीमन भएको खेलमा नेपालकाे ब्याटिङ नचल्दा नतिजा सुम्पिनुपर्याे ।

    टस जितेको नेपालले क्यानडालाई पहिले ब्याटिङकाे निम्ताे दिएकाे थियाे । कठिन पीचमा नेपालले कसिलाे बलिङ गरे पनि संयमित भएर खेल्दै क्षेत्रीय क्यानडाले २५३ रनकाे मजबुत स्काेर खडा गर्न सफल भयाे । जवाफी ब्याटिङमा नेपाल १५० रनमै अलआउट भएको छ ।

    क्यानडाका अलराउन्डर डिलाेन हेलिङ्गरले ५ विकेट लिँदै नेपालकाे ब्याटिङ धराशयी बनाएका थिए । माथिल्लो क्रमका ब्याट्सम्यानहरूले उल्लेख्य रन बनाउन सकेनन् । तल्लाे क्रमले केही प्रतिरोध गरे पनि त्याे पर्याप्त भएन ।


    नेपालका लागि करण केसीले २४ बलमा २७ रन र सन्दीप लामिछानेले १६ बलमा २२ रन बनाएका थिए । दुवैले २-२ छक्का प्रहार गरे ।

    नेपालले ब्याटिङमा खराब सुरूवात गरेकाे थियाे । कुशल भुर्तेल १० बलमा १ रन बनाएर आउट भए । त्यसपछि आसिफ शेख ३० बलमा २० रन बनाएर फर्किए भने भीम सार्कीले ३०बलमा १८ रन जाेडे । कप्तान राेहित पाैडेलले ५ रन, कुशल मल्लले १२ रन, दिपेन्द्रसिंह ऐरीले र८ रन, साेमपाल कामी छ रन बनाएर आउट भए ।

    बलिङतर्फ नेपालका ललित राजवंशी र साेमपाल कामीले २-२ विकेट लिएका थिए । क्यानडाका कप्तान निकाेलस किर्टाेनले विस्फाेटक ब्याटिङ गर्दै ४४ बलमा ७३ रन बनाएका थिए ।

    एक दिवसीयमा नेपाल ब्यानाडासँग पहिलाेपटक पराजित भएको हाे । यसअघि ३ खेलमा नेपालले शतप्रतिशत नतिजा निकालेकाे थियाे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij