२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

लोकतन्त्रमा जनता र राज्य बिचको सम्बन्ध घनिष्ठ हुनुपर्छ : पोखरेल

लोकतन्त्रमा जनता र राज्य बिचको सम्बन्ध घनिष्ठ हुनुपर्छ : पोखरेल

लोकतन्त्रमा जनता र राज्य बिचको सम्बन्ध घनिष्ठ हुनुपर्छ : पोखरेल

लोकतन्त्रमा जनता र राज्य बिचको सम्बन्ध घनिष्ठ हुनुपर्छ : पोखरेल

लोकतन्त्रमा जनता र राज्य बिचको सम्बन्ध घनिष्ठ हुनुपर्छ : पोखरेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनता र राज्य बिचको सम्बन्ध घनिष्ठ हुनुपर्ने बताएका छन । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिन मंगलबार आयोजना गरिएको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जनता र राज्य बिचको सम्बन्ध बिग्रियो भने राज्य कमजोर हुने बताए ।

    कमजोर राज्यले जताको संरक्षण र विकास तथा समृद्धिको नेतृत्व गर्न नसक्ने उनको भनाइ छ । ‘जबसम्म राज्य बलियो हुँदैन तबसम्म मुलुकको विकास हनु सक्दैन, लोकतन्त्रमा राज्य र जनता बिचको सम्बन्ध घनिष्ठ हुनुपर्दछ’, पोखरेलले भने । 


    उनले जबसम्म मुलुक बलियो हुन सक्दैन तबसम्म सामुदायिक रेडियोका श्रोत पनि बलिया नहुने बताए । मुलुकमा जति समृद्धि, व्यापार, व्यवसाय र उद्यमशीलता बढ्छ त्यति नै सञ्चारमाध्यम पनि फस्टाउने पोखरेलको भनाइ छ ।

    जति बेला जनता र राज्य जोडिन्छन्, त्यतिबेला विकास, उद्यमशीलता र व्यवसाय बढ्ने उनले बताए। जनता र राज्यका विरुद्ध खाडल खडा गरेर राज्य बलियो नबन्ने कुरामा सञ्चारमाध्यमले ध्यान दिनु पर्नेमा उनले जोड दिए । 
    समयको मागलाई बुझेर भविष्यको यात्रा तय गर्नुपर्नेमा जोड उनको छ । सञ्चारमाध्यमहरू पपुलिजमको सिकार हुनबाट जोखिनु पर्ने उनको भनाइ छ । राज्यको समस्या समाधान गर्न पुलिजम सधैँ बाधक हुने उनले स्पष्ट पारे । 


    जनतालाई अधिकार सम्पन्न बनाउने कुरा गर्दा कर्तव्यलाई पनि सँगै जोड्नु पर्नेमा उनको जोड छ । अधिकारसँग कर्तव्यलाई जोड्दा मात्र मुलुकले समृद्धि प्राप्त गर्ने उनले बताए। नेपाली समाज अहिले अधिकार खोज्ने तर कर्तव्य पालना नगर्ने समस्यामा परेकाले सञ्चार माध्यमले समाजलाई त्यहाँबाट बाहिर निकाल्नु पर्ने उनको भनाइ छ । 
    समाजलाई चाहिएको कुरामा अझै सञ्चारमाध्यम केन्द्रित हुन नसकेका पोखरेलले बताए । अहिले पनि सञ्चारमाध्यमका मुख्य विषयवस्तु राजनीति नै बन्दै आएका उनले सुनाए। 
    हिजो राज्य विरुद्ध जनतालाई विद्रोही बनाउन आमसञ्चार माध्यमको प्रयोग गरिएको बताउदै उनले राज्य निरङ्कुश भएको बेला सञ्चारमाध्यमले त्यस रूपमा काम गरेका भए पनि आज व्यवस्था परिवर्तनसँगै सञ्चारमाध्यमको भूमिका पनि फेरिनु पर्ने पोखरेलले धारणा राखे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij