२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक

रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक

रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक

रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक

रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई धारणा राख्न नदिने भएको छ ।

    केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि जारी छ । आज सकिने भेलामा केन्द्रीय समिति, निकाय, विभाग, प्रदेशका पार्टी संरचना, जिल्ला र पालिकास्तरीय समितिबाट करिब १५ सय प्रतिनिधि सहभागी रहेका छन् ।

    भेलामा सभापति रवि लामिछानेले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने र प्रतिनिधिहरुलाई धारणा राख्न प्रतिबन्ध लगाइएको पाइएको छ । लामिछानेले पेश गरेको प्रतिवेदन जस्ताको तस्तै बिना छलफल पारित गर्ने तयारी गरिएको एक प्रतिनिधिले जानकारी दिएका छन् ।

    राष्ट्रिय भेलामा मंगलबार प्रदेश स्तरीय प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग, संसदीय अभ्यास लगायतका विषयमा प्रतिवेदन पेस भएका थिए ।

    ती प्रतिवेदनमाथि आज छलफल गरि अनुमोदन गर्ने कार्यतालिका छ । ती प्रतिवदेनहरुमा सामूहिक छलफलका लागि केही समय छुट्याइएको भए पनि पार्टी सभापतिले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि भने छलफलका लागि समय नै नछुट्याइएको बताइएको छ ।

    आज प्रतिवेदन पारित गरेर राष्ट्रिय भेला सकिदै छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij