२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ४ २०८१
शुक्रवार, आश्विन ४ २०८१
  • काठमाडौँ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् ।

    आफ्नो राजीनामा उनले भनेका छन्-विधान अनुसार महासघको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरुले प्रश्न उठाएपछि  संगठनहरुले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यहि असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशिल पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नु पर्ने तर पत्रकारीता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किदै जानु लज्जाको विषय हो । संगठनहरुको दवावमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासंघको गम्भिर भूल भएको  स्वीकार गर्नु पर्दछ ।

    विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासंघबाट  भएका सबै कमजोरीहरुको नैतिक जिम्मेवारी लिदैं  कार्यबाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

    महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासंघमा विवाद चर्किएपछि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij